आयुर्वेद शिरोमणि आचार्य बालकृष्णको जन्मोत्सव तथा जडीबुटी दिवस जनकपुरधाममा भव्य रूपमा सम्पन्न

1 वर्ष पहिले प्रकाशित

 

मोनु गुप्ता 

जनकपुरधाम, साउन १९ गते सोमबार 

आयुर्वेद शिरोमणि ऋषिकल्प परमपूज्य आचार्य बालकृष्ण महाराजको जन्मोत्सव तथा जडीबुटी दिवसको अवसरमा सोमबार जनकपुरधाम स्थित जानकी पतञ्जलि योग साधना केन्द्रमा भव्यरुपमा कार्यक्रम सम्पन्न ।

 

कार्यक्रमको प्रमुख अतिथिका रूपमा जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोजकुमार साहले आयुर्वेद र योगको प्रचारप्रसारमा पतञ्जलि संस्थाले पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै भने,

"स्वस्थ जीवनशैलीको मेरुदण्ड आयुर्वेद हो। जडिबुटी हाम्रो परम्परागत ज्ञानको अमूल्य सम्पत्ति हो, यसको संरक्षण र प्रयोग आजको आवश्यकता हो।"

 

विशिष्ट अतिथिका रूपमा डा. माहारूद्र कुमार ठाकुर र हरित अभियन्ता सुरेश शर्मा , योग प्रशिक्षण मनोहर साह, विमल पण्डित लगायतका सहभागी थिए।कार्यक्रमको अध्यक्षता पतञ्जलि योग पीठ नेपाल, धनुषा अध्यक्ष सञ्जित यादवले गरेका थिए।

 

* प्रतियोगितामा उत्साहजनक सहभागिता

 

जन्मोत्सव एवं जडीबुटी दिवसको अवसरमा विभिन्न प्रतियोगिताहरू पनि आयोजना गरिए, जसमा सहभागीहरूको उल्लेखनीय उपस्थिति थियो।

 

* सूर्य नमस्कार प्रतियोगिता

– प्रथम: प्रियंका साह

– द्वितीय: बद्री यादव

– तृतीय: निलम यादव

 

* म्यूजिकल चेयर प्रतियोगिता

– प्रथम: सरिता कुमारी साह

– द्वितीय: लक्ष्मी देवी

– तृतीय: कल्पना झा

 

* जडीबुटी पहिचान प्रतियोगिता

– प्रथम: राम नारायण साह

– द्वितीय: सीता साह

– तृतीय: अनिता शर्मा

 

सभी विजेताहरू लाई प्रमाणपत्र तथा पुरस्कार वितरण गरिएको थियो। साथै, सहभागीहरूलाई आयुर्वेदिक जडिबुटीहरू वितरण गरिए।

 

* "योग गरौं, निरोग रहौं" — जनचेतना मुलक अभियान सञ्चालन 

 

"योग गरौं, निरोग रहौं" भन्ने मूल नारासहित आयोजित कार्यक्रममा स्थानीयवासी, स्वास्थ्यकर्मी, विद्यार्थी, महिला समूहहरू र पतञ्जलि योग समितिका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता थियो।

 

आयोजक संस्थाहरू पतञ्जलि योग पीठ नेपाल र धनुषा महिला पतञ्जलि योग समितिले आगामी दिनहरूमा पनि यस्ता जनचेतनामूलक कार्यक्रम लाई निरन्तरता दिने जनाएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..