राष्ट्रिय स्वतन्त्र पार्टी जनकपुरधाम–०१ मा वडा स्तरीय कमिटी गठन

1 वर्ष पहिले प्रकाशित

स्तरीय कमिटी गठन

 

राष्ट्रिय आवाज 

जनकपुरधाम, साउन २३ गते 

 राष्ट्रिय स्वतन्त्र पार्टी जनकपुरधाम–०१ को वृहत् वडा स्तरीय भेलाबाट समाजसेवी तथा पूर्व निर्वाचित वडाध्यक्ष शत्रुधन प्रसाद साह लाई सर्वसम्मतिले वडा कार्यसमितिको सभापतिमा चयन गरिएको छ।

 

आज बिहान जनकपुरधाम–०१, रेल्वे स्टेशन स्थित भेलामा साहको नेतृत्वमा ११ सदस्यीय वडा कमिटी गठन गरिएको हो।

 

कार्यक्रम जनकपुरधाम नगर सभापति ललन कुमार नायकको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथि मधेस प्रदेश सभापति इ. तपेश्वर यादव रहेका थिए। सो अवसरमा विशिष्ट अतिथि धनुषा जिल्ला सभापति लक्ष्मेश्वर यादव, मधेस प्रदेश शिक्षा विभाग प्रमुख रामनरेश चौधरी, मधेस प्रदेश प्रशिक्षण विभाग प्रमुख रघुबिर राय, कार्यक्रम उद्घोषक विक्रम साह, जिल्ला सदस्य संजिव भगत, गंगाराम यादव, नरेश यादव, आराधना कापरी, आरती ठाकुर तथा जिल्ला सल्लाहकार रामबाबु साह लगायतको सहभागिता रहेका यूवा नेता अम्बु प्रसाद साहले जनाएका थियो।

 

भेलामा वडा, नगर तथा प्रदेशस्तरीय कमिटीका युवाहरू, बुद्धिजीवी र स्थानीय जनसमुदायको विशेष उपस्थितिमा यस वडाको प्रथम भेला तथा कमिटी गठन सम्पन्न गरिएको हो।

नव–निर्वाचित सभापति साहलाई सहभागीहरूले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    दीपक श्रेष्ठ मण्डल  राष्ट्रिय आवाज  जनकपुरधाम, असोज २६ गते जनकपुरधाम उपमहानगरपालिका–३ मा राष्ट्रिय à¤..

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..