राष्ट्रिय स्वतन्त्र पार्टी जनकपुरधाम–०१ मा वडा स्तरीय कमिटी गठन

4 महीना पहिले प्रकाशित

स्तरीय कमिटी गठन

 

राष्ट्रिय आवाज 

जनकपुरधाम, साउन २३ गते 

 राष्ट्रिय स्वतन्त्र पार्टी जनकपुरधाम–०१ को वृहत् वडा स्तरीय भेलाबाट समाजसेवी तथा पूर्व निर्वाचित वडाध्यक्ष शत्रुधन प्रसाद साह लाई सर्वसम्मतिले वडा कार्यसमितिको सभापतिमा चयन गरिएको छ।

 

आज बिहान जनकपुरधाम–०१, रेल्वे स्टेशन स्थित भेलामा साहको नेतृत्वमा ११ सदस्यीय वडा कमिटी गठन गरिएको हो।

 

कार्यक्रम जनकपुरधाम नगर सभापति ललन कुमार नायकको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथि मधेस प्रदेश सभापति इ. तपेश्वर यादव रहेका थिए। सो अवसरमा विशिष्ट अतिथि धनुषा जिल्ला सभापति लक्ष्मेश्वर यादव, मधेस प्रदेश शिक्षा विभाग प्रमुख रामनरेश चौधरी, मधेस प्रदेश प्रशिक्षण विभाग प्रमुख रघुबिर राय, कार्यक्रम उद्घोषक विक्रम साह, जिल्ला सदस्य संजिव भगत, गंगाराम यादव, नरेश यादव, आराधना कापरी, आरती ठाकुर तथा जिल्ला सल्लाहकार रामबाबु साह लगायतको सहभागिता रहेका यूवा नेता अम्बु प्रसाद साहले जनाएका थियो।

 

भेलामा वडा, नगर तथा प्रदेशस्तरीय कमिटीका युवाहरू, बुद्धिजीवी र स्थानीय जनसमुदायको विशेष उपस्थितिमा यस वडाको प्रथम भेला तथा कमिटी गठन सम्पन्न गरिएको हो।

नव–निर्वाचित सभापति साहलाई सहभागीहरूले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

राष्ट्रिय आवाज  धनुषा, २९ मंसिर – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, धनुषा जिल्ला समितिको जिल्ला स्तरीय विस..

  विशाल साह  ललितपुर, २९ मंसिर   खाद्य तथा कृषि संगठन (एफएओ) र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको संयुक्त आयो..

राष्ट्रिय आवाज जनकपुरधाम, २९ मंसिर ।   पोखरा भ्रमण वर्ष २०२५ तथा आउँदै गरेको २७औँ पोखरा सडक महोत्सवको प्रचार–..

  राष्ट्रिय आवाज  जनकपुरधाम, २८ मंसिर । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) जनकपुरधाम उप–महानगरपालिकाको ..

     राष्ट्रिय आवाज सिरहा, मंसिर २८ गते   ग्लोबल एक्सन नेपालको आयोजनामा सिरहा नगरपालिका–१७ माडरमा सामाज..