धनुषा ग्यास व्यवसायी संघको भवन शिलान्यास, ४५ लाख लागतमा बन्ने

4 महीना पहिले प्रकाशित

 

 

मोनु गुप्ता 

जनकपुरधाम , साउन २३ गते

धनुषा ग्यास व्यवसायी संघको कार्यालय भवनको आज शुक्रबार बिहान जनकपुरधाम वार्ड १२ मा शिलान्यास गरिएको छ।

उपमहानगरपालिका प्रमुख मनोजकुमार साहको प्रमुख आतिथ्यतामा र संघ अध्यक्ष फुलदेव पण्डितले संयुक्त रूपमा शिलान्यास गरे।

 

कार्यक्रममा नगरप्रमुख साहले भने, “ग्यास दैनिक उपभोग्य वस्तु भएकाले यससँग सम्बन्धित संस्थाको कार्यालय स्थापना हुनु जनकपुर धाम बासिका लागि खुशीको कुरा हो। भवन निर्माण सम्पन्न भएपछि सामाजिक कार्यका साथै सेवा प्रवाह अझ सहज र व्यवस्थित हुनेछ।”

 

त्यस्तै, संघ अध्यक्ष फुल्देव पण्डितले भने, “झन्डै ४५ लाख रुपैयाँ लागतमा बन्ने यो भवनमा मिटिङ हल सहित आवश्यक कार्यालय कोठाहरू रहनेछन्। यो भवन ग्यास व्यवसायी तथा उपभोक्ताको हकहितमा प्रभावकारी रूपमा प्रयोग हुनेछ।”

 

स्थानीय सरोकारवालाले यो भवनले जनकपुरधाममा ग्यास व्यवसायीहरूको संगठनात्मक संरचना मजबुत बनाउन र सेवाहरू अझ पारदर्शी बनाउन टेवा पुर्याउने विश्वास व्यक्त गरेका छन्।

शिलान्यास स्थलमा जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी ,स्थानिय नागरिक समाज, व्यापारी लगायतका सहभागिता रहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

राष्ट्रिय आवाज  धनुषा, २९ मंसिर – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, धनुषा जिल्ला समितिको जिल्ला स्तरीय विस..

  विशाल साह  ललितपुर, २९ मंसिर   खाद्य तथा कृषि संगठन (एफएओ) र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको संयुक्त आयो..

राष्ट्रिय आवाज जनकपुरधाम, २९ मंसिर ।   पोखरा भ्रमण वर्ष २०२५ तथा आउँदै गरेको २७औँ पोखरा सडक महोत्सवको प्रचार–..

  राष्ट्रिय आवाज  जनकपुरधाम, २८ मंसिर । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) जनकपुरधाम उप–महानगरपालिकाको ..

     राष्ट्रिय आवाज सिरहा, मंसिर २८ गते   ग्लोबल एक्सन नेपालको आयोजनामा सिरहा नगरपालिका–१७ माडरमा सामाज..