धनुषा ग्यास व्यवसायी संघको भवन शिलान्यास, ४५ लाख लागतमा बन्ने

1 वर्ष पहिले प्रकाशित

 

 

मोनु गुप्ता 

जनकपुरधाम , साउन २३ गते

धनुषा ग्यास व्यवसायी संघको कार्यालय भवनको आज शुक्रबार बिहान जनकपुरधाम वार्ड १२ मा शिलान्यास गरिएको छ।

उपमहानगरपालिका प्रमुख मनोजकुमार साहको प्रमुख आतिथ्यतामा र संघ अध्यक्ष फुलदेव पण्डितले संयुक्त रूपमा शिलान्यास गरे।

 

कार्यक्रममा नगरप्रमुख साहले भने, “ग्यास दैनिक उपभोग्य वस्तु भएकाले यससँग सम्बन्धित संस्थाको कार्यालय स्थापना हुनु जनकपुर धाम बासिका लागि खुशीको कुरा हो। भवन निर्माण सम्पन्न भएपछि सामाजिक कार्यका साथै सेवा प्रवाह अझ सहज र व्यवस्थित हुनेछ।”

 

त्यस्तै, संघ अध्यक्ष फुल्देव पण्डितले भने, “झन्डै ४५ लाख रुपैयाँ लागतमा बन्ने यो भवनमा मिटिङ हल सहित आवश्यक कार्यालय कोठाहरू रहनेछन्। यो भवन ग्यास व्यवसायी तथा उपभोक्ताको हकहितमा प्रभावकारी रूपमा प्रयोग हुनेछ।”

 

स्थानीय सरोकारवालाले यो भवनले जनकपुरधाममा ग्यास व्यवसायीहरूको संगठनात्मक संरचना मजबुत बनाउन र सेवाहरू अझ पारदर्शी बनाउन टेवा पुर्याउने विश्वास व्यक्त गरेका छन्।

शिलान्यास स्थलमा जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी ,स्थानिय नागरिक समाज, व्यापारी लगायतका सहभागिता रहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..