लम्पी स्किन रोग नियन्त्रणका लागि निःशुल्क खोप , उपचार सेवा तथा पशु बिमामा जोड
29 दिन पहिले प्रकाशित

राष्ट्रिय आवाज
जनकपुरधाम, श्रावण २३ गते शुक्रबार
जनकपुरधाम उपमहानगरपालिकाले नगर क्षेत्रमा लम्पी स्किन रोग फैलिन सक्ने सम्भावना बारे जानकारी प्राप्त हुनासाथ श्रावण ८ गते देखि खोप र नियन्त्रण/उपचार सेवा निरन्तर सञ्चालन गरिरहेको जनाएको छ।
नगर प्रमुख मनोज कुमार साहको प्रमुख आतिथ्यतामा सुरु भएको यस अभियानअन्तर्गत नगर क्षेत्रका पशु धनी, फार्म तथा विभिन्न वडाहरूमा खोप कार्य तीव्र रूपमा भइरहेको जनाएका छन । केही वडामा कार्य सम्पन्न भइसकेको र बाँकी वडामा पनि छिट्टै कार्यक्रम सम्पन्न हुने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रममा नगर प्रमुख साहले भने,
"लम्पी स्किन रोगले हाम्रो कृषकको ठूलो आर्थिक क्षति हुन नदिन खोप, उपचार र पशु बीमा सबैको पहुँचमा पुर्याउनु हाम्रो प्राथमिकता हो। कृषकले समयमै पशु बीमा गरेमा आकस्मिक क्षतिपूर्ति पाउन सजिलो हुन्छ, त्यसैले बीमा गर्न सबै किसान लाई म अनुरोध गर्दछु।"
उपमहानगरपालिकाले सम्पूर्ण पशुपालक लाई निःशुल्क खोप तथा उपचार सेवा लिन अनुरोध गर्दै घरघरमै गोठमा पुगेर खोप तथा उपचार प्रदान गर्ने, साथै इमरजेन्सी सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको जनाएको छ।
रोगको उपचार वा मृत पशु व्यवस्थापनका लागि सम्पर्क व्यक्तिहरूको विवरण यस प्रकार छः
डा. अमर कुमार साह – ९८४४२२११४१
प्रभाकर झा – ९८१४८८७५५५
नितेश कुमार राय (नगर प्रहरी) – ९८५४०२५४२०
उपमहानगरपालिकाले रोगको संक्रमण नियन्त्रणका लागि सतर्क रहन तथा शीघ्र उपचारको व्यवस्था मिलाउन सबैको सहयोग आवश्यक रहेको जनाएको छ।कार्यक्रममा सरोकार बालाहरू सँग पशु स्वास्थ्यको सेरोफेरोमा छलफल भएको थिए।