जनकपुरधाममा ‘सिया मेडिकेयर प्रा. लि.’को भव्य उद्घाटन, गरीब र असहायका लागि निःशुल्क उपचार
28 दिन पहिले प्रकाशित

राष्ट्रिय आवाज
जनकपुरधाम, २४ साउन – रक्षाबन्धन पर्वको अवसरमा जनकपुर धाम-२, कदम चोक (कपलेश्वर जाने बाटो) मा अत्याधुनिक सुविधा सम्पन्न ‘सिया मेडिकेयर प्रा. लि.’ अस्पतालको आज सनिवार औपचारिक उद्घाटन जनकी मन्दिरका महन्थ रामतपेश्वर दासले गरेका छन्।
उद्घाटन समारोहमा प्रमुख अतिथि महन्थ दासले भने, “ जानकी नगरीमा सामाजिक सेवा भावका साथ गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु आजको आवश्यकता हो। सिया मेडिकेयरले गरीब, विपन्न तथा असहाय वर्गका लागि निःशुल्क उपचार सुविधा दिने प्रतिबद्धता जनाए का छन ।”
अस्पतालका सञ्चालक डा. राजीव कुमार झाका अनुसार ६० वर्षभन्दा माथिका बिरामीलाई ५० प्रतिशत छुट र सामाजिक उत्तर दाइत्व अन्तर्गत केही प्रतिशत गरीब, विपन्न तथा असहाय वर्गका बिरामी लाई निःशुल्क उपचारको व्यवस्था गरिएको छ। साथै, जनकपुरधाममा अधिकांश स्वास्थ्य संस्थामा ओपीडी सेवा साँझ ५ बजेपछि बन्द हुने परम्परा भए पनि सिया मेडिकेयरमा राति १० बजेसम्म निरन्तर सञ्चालन हुने उनले जानकारी दिए।
अस्पतालमा ल्याब, ईसीजी, युएसजी, भिडियो एक्स-रे, इको, पीएफटी लगायतका सेवा अत्याधुनिक उपकरणमार्फत उपलब्ध हुनेछन्। साताको एक दिन विशेष उपचारका लागि काठमाडौंबाट न्युरोलोजी विशेषज्ञ प्रा. डा. अजय मिश्र, मुटुरोग विशेषज्ञ, किड्नी रोग विशेषज्ञ डा. कृष्ण कुमार साह लगायतका वरिष्ठ चिकित्सकहरू आउने व्यवस्था मिलाइएको छ।
सिया मेडिकेयर प्रा. लि.मा डा. राजीव कुमार झा, डा. आर्या झा, डा. अमरेन्द्र कुमार यादव, डा. सुनिल कुमार साह, डा. संजीव कुमार झा लगायत एक दर्जनभन्दा बढी चिकित्सकहरूले सेवा प्रदान गर्नेछन्।
आजको उद्घाटन समारोहमा स्थानीय नेता, नागरिक समाजका प्रतिनिधि, पत्रकार र सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।