बहुविवाह लाई कानुनी मान्यता दिने प्रस्तावको विरुद्धमा जनकपुरमा धर्ना

4 महीना पहिले प्रकाशित

 

इन्द्र भुषण यादब 

जनकपुरधाम, साउन २६ गते 

 

सरकारले मुलुकी अपराध संहिताको धारा १७५ संशोधन गर्दै बहुविवाह लाई विशेष अवस्थामा कानुनी मान्यता दिने प्रस्ताव ल्याएको विरोधमा देशभर आवाज उठिरहेको बेला जनकपुरधाममा पनि महिलाहरुले यसको विरुद्ध गरेका छन्।

 

महिला अधिकारका लागि दबाब युक्त समूहले आज जनकपुरधामाकाे जनक चाेकमा दुई घण्टासम्म शान्तिपूर्ण धर्ना दिइयो। महिलाहरूले “महिलामाथिको विभेद सहदैन”, “बहुविवाह प्रोत्साहन गर्ने कानुन चाहिंदैन”, “लैंगिक समानताको कुरा गर”, “संवैधानिक हक पुरा गर”, “बहुविवाह कानुन फिर्ता गर!” जस्ता नारासहित प्लेकार्ड बोकेर विरोध जनाएका थिए।

 

धर्नामा सहभागी महिला अधिकारकर्मीहरूले प्रस्तावित संशोधनले महिलामाथि हुने हिंसा, विभेद र शोषणलाई अझ बढावा दिने चेतावनी दिएका छन्। उनीहरूले यो प्रस्ताव तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन्। धर्नामा विभिन्न संघ सस्थाका,अधिकार कर्मि, नागरिक समाज, युवा तथा बुद्धिजीवी लगाईत अभियन्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

राष्ट्रिय आवाज  धनुषा, २९ मंसिर – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, धनुषा जिल्ला समितिको जिल्ला स्तरीय विस..

  विशाल साह  ललितपुर, २९ मंसिर   खाद्य तथा कृषि संगठन (एफएओ) र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको संयुक्त आयो..

राष्ट्रिय आवाज जनकपुरधाम, २९ मंसिर ।   पोखरा भ्रमण वर्ष २०२५ तथा आउँदै गरेको २७औँ पोखरा सडक महोत्सवको प्रचार–..

  राष्ट्रिय आवाज  जनकपुरधाम, २८ मंसिर । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) जनकपुरधाम उप–महानगरपालिकाको ..

     राष्ट्रिय आवाज सिरहा, मंसिर २८ गते   ग्लोबल एक्सन नेपालको आयोजनामा सिरहा नगरपालिका–१७ माडरमा सामाज..