जनकपुर धाममा चौथो त्रैमासिक तथा वार्षिक प्रगति समीक्षा गोष्ठी सम्पन्न

1 वर्ष पहिले प्रकाशित

 

माेनु गुप्ता 

जनकपुरधाम, श्रावण २६ गते 

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, मधेश प्रदेश, जनकपुरधाम तथा मातहतका कार्यालयहरूको आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक कार्यक्रमहरूको चौथो त्रैमासिक तथा वार्षिक प्रगति समीक्षा गोष्ठी सोमबार जनकपुर धाममा सम्पन्न गरेको छ।

 

निर्देशनालयको २०८२ साउन २२ गतेको निर्णयअनुसार श्री मत्स्य मानव संसाधन विकास तथा प्रविधि परीक्षण केन्द्र, जनकपुरधामको सभाहलमा भएको उक्त कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री प्रमुख अतिथि रहेका थिए।

 

कार्यक्रमको अध्यक्षता निर्देशनालयका निर्देशक जागेश्वर यादवले गर्नुभयो भने प्रदेश सचिव डा. उमेश दहाल विशिष्ट अतिथि रहेका थिए। कार्यक्रममा विभिन्न विशिष्ट अतिथिहरू, पदाधिकारी, कर्मचारी, सञ्चारकर्मी तथा सरोकारवाला महानु भावहरूको उपस्थिति थियो।

 

अध्यक्षिया मन्तव्यमा निर्देशक यादवले विगत वर्षको उपलब्धि, चुनौती र आगामी वर्षका प्राथमिकता बारे जानकारी दिँदै गोष्ठीले कार्यक्षमता वृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

 

मन्त्री क्षेत्रीले आफ्नो मन्तव्यमा मधेश प्रदेश लाई पशुपन्छी तथा मत्स्य उत्पादनमा आत्मनिर्भर बनाउन सरकार गम्भीर रहेको बताउनुभयो। उहाँले भन्नुभयो – “किसानलाई प्रविधि, तालिम र प्रोत्साहनको अभावमा हामी लक्ष्यमा पुग्न सक्दैनौं। आगामी दिनमा किसान मैत्री नीतिहरू लागू गर्दै उत्पादन वृद्धि र रोजगारी सृजनामा जोड दिनेछौं। कृषकहरूको जीवनस्तर उकास्न र प्रदेशलाई आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध छ।” मन्त्री क्षित्रीले कृषक लाई अनुभूति हुनेगरी कामगर्न आग्रह गरेका थिए।

 

गोष्ठीमा मधेश प्रदेशका विभिन्न जिल्ला कार्यालयका प्रमुखहरूले आ–आफ्ना वार्षिक प्रगति प्रतिवेदनहरू प्रस्तुत गर्दै उपलब्धि, चुनौती र सुधारका उपायबारे छलफल गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..