अन्तराष्टिय युवा दिवसमा ‘टेस्ट एण्ड टक’ : परिकार, संस्कृति र नवप्रवर्तनको संगम

1 वर्ष पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

बर्दिबास, साउन २७ मंगल बार— “टेस्ट एण्ड टक अफ मधेश: स्थानीय खाना, संस्कृति र नवप्रवर्तनका लागि युवा” भन्ने नारासहित अन्तर्राष्ट्रिय युवा दिवस २०२५ को अवसरमा बर्दिबासमा भव्य फुड फेस्टिवल र सांस्कृतिक कार्यक्रम सम्पन्न ।

 

कार्यक्रमको आयोजना मधेश प्रदेश युवा टोली र वर्ल्ड फुड फोरमले संयुक्त रूपमा गरेको हो। यसमा प्राकृतिक स्रोत व्यवस्थापन कलेज, बर्दिबास, बर्दिबास नगरपालिका वडा नं. ६, खाद्य तथा कृषि संगठन (FAO) , IAAS LC बर्दिबास र जनजागृत माध्यामिक विद्यालय बर्दिबासको सहआयोजनामा गरिएको थियो।

कार्यक्रममा ४ सयभन्दा बढी युवाको सहभागिता रहेको थियो। प्रमुख अतिथि सहायक प्राध्यापक अभिषेक श्रेष्ठ, कृषि कलेजको प्रिन्सिपल; चन्द्रपुर गाउँपालिकाका प्रमुख तथा मोरिङ्गा विज्ञ; राज कुमार महतो, बर्दिबास नगरपालिका वडा नं. ६ का वडाध्यक्ष पदम आले मगर; सचिन कुमार सिंह, मिथिला वाइल्डलाइफ ट्रस्टका निर्देशक; विजय चौधरी, कृषि जैविक विविधता विज्ञ; र सुनिल चौधरी, कृषि-अर्थशास्त्रका सहायक प्राध्यापक लगायतको उपस्थिति थियो।

मुख्य सत्रमा “कृषि नवप्रवर्तनमा युवा, स्थानीय खाना र सांस्कृतिक मूल्य” विषयमा प्यानल छलफल गरिएको थियो। विद्यार्थीहरूले तयारी गरेका विविध परिकारहरूको प्रदर्शनीमा सहभागीहरूले चासोपूर्वक अवलोकन मात्र गरेनन्, परिकारको बनावट, पोषण मूल्य र बजार सम्भावनाबारे सुझाव पनि दिए। कार्यक्रममा स्थानीय कृषि उत्पादनको संरक्षण, प्रवर्द्धन र बजारिकरणका रणनीतिहरू बारे मूल्यवान् सुझावहरू प्रस्तुत गरिए।

क्याम्पस प्रमुख अभिषेक श्रेष्ठले स्वदेशी बाली प्रवर्द्धनमा इच्छुक विद्यार्थीहरूका लागि उद्यमशीलता र इन्क्युबेशन सेन्टर स्थापना गर्ने घोषणा गरे। वडाध्यक्ष पदम आले मगरले बजेट र आवश्यक प्रक्रिया मार्फत् यस योजनामा साथ दिने प्रतिबद्धता जनाए। मोरिङ्गा विज्ञले मोरिङ्गा र अन्य स्थानीय उत्पादनमा आधारित उद्यमशीलताको लागि तालिम र कोष संकलन प्लेटफर्म उपलब्ध गराउने वाचा गरे।

कार्यक्रमले युवाहरूमा स्थानीय परिकार र सांस्कृतिक धरोहरप्रति गर्व र नवप्रवर्तनको भावना जगाएको सहभागीहरूले बताएका छन्। कार्यक्रम अन्त्यमा सबै पक्षले यसलाई केवल उत्सव मात्र नभई, स्थानीय स्रोत र सीपलाई उद्यममा परिणत गर्ने अभियानको थालनीका रूपमा लिने प्रतिबद्धता व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..