पत्रकार माथिको आक्रमण बारे मानव अधिकार आयोग द्वारा अनुसन्धान सुरु

1 वर्ष पहिले प्रकाशित

राष्ट्रिय आवाज ,साउन २८ गते 

जनकपुरधाम वडा नं. ४ स्थित स्वर्गद्वारी नजिकको गुठी संस्थान सँग सम्झौतामा प्राप्त जग्गामा तारको घेरा हाल्ने क्रममा भएको पत्रकार माथिको सांघातिक आक्रमणबारे राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश कार्यालयले अनुसन्धान सुरु गरेको छ।

 

मानव अधिकार अधिकृत किरण घिमिरे र राहुल कुमार ठाकुर तथा सूचना प्रविधि शाखाका कर्मचारी ऋषिकुमार झा सहितको टोलीले नेपाल पत्रकार महासङ्घ मधेश प्रदेश कार्यालयमा पुगेर घटनाबारे विस्तृत जानकारी लिएको हो। टोलीले घाइते पत्रकारहरू र सम्बन्धित व्यक्तिसँग प्रत्यक्ष जानकारी लिएको आयोगले जनाएको छ।

 

महासङ्घका अनुसार आक्रमणबाट महासचिव शैलेन्द्र क्रान्तिको खुट्टा भाँचिएको, पत्रकार अनिल कुमार निरालाको आँखा सुन्निएको र पत्रकार दिवाकर राईको टाउकोमा गम्भीर चोट लागेको छ। साथै, पत्रकार ज्योति झा र बिनीता यादव सँग लैङ्गिक संवेदनशीलता नअपनाई आपत्तिजनक स्थानमा हातपात गर्दै दुर्व्यवहार गरिएको आरोप लगाइएको छ।

 

महासङ्घले घटनाको सत्यतथ्य छानबिन गरी दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याउन आयोगलाई आग्रह गरेको छ। आयोगका कर्मचारीहरूले प्राप्त जानकारी र थप अनुसन्धानको आधारमा तत्काल प्रतिवेदन पेश गर्ने प्रतिबद्धता जनाएका छन्।

 

यसैबीच, मिडिया काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष सुरेश यादव सहितको टोलीले पनि महासङ्घ कार्यालयमा पुगेर घटनाबारे जानकारी लिएको छ। यता, आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्गा र इन्सेक मधेश प्रदेश प्रमुख राजु पासमानको टोलीले हिजै प्रादेशिक अस्पतालमा पुगेर घाइते पत्रकारहरू सँग भेटघाट गरेको थियो।

फोटो _ राजेश कर्ण, पत्रकार 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ १३ गते नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माध..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..