जनकपुरधाममा व्यक्तित्व तथा नेतृत्व विकास तालिम सुरु

1 वर्ष पहिले प्रकाशित

 

 

माेनु गुप्ता 

जनकपुरधाम, साउन २९ गते

 प्राज्ञिक विद्यार्थी परिषद नेपाल, जनकपुर नगर इकाई समिति धनुषा द्वारा आयोजित जीवनोपयोगी सीपमा आधारित व्यक्तित्व तथा नेतृत्व विकास तालिम आज बाट जनकपुरधाममा सुरु भएको छ।

 

दुई दिनसम्म सञ्चालन हुने तालिमको उद्घाटन धनुषा जिल्लाका सहायक जिल्ला न्यायाधिवक्ता मिलन अधिकारीले गरेका हुन्। उनले भने, “आजको प्रतिस्पर्धात्मक युगमा शैक्षिक योग्यता मात्र पर्याप्त छैन, जीवनोपयोगी सीप र नेतृत्व क्षमता विद्यार्थीको अनिवार्य पहिचान हो।”

 

कार्यक्रममा परिषद्का राष्ट्रिय महासचिव दिनेश कार्कीले भने, “विद्यार्थीले आफ्नो व्यक्तित्व, बानी–व्यवहार र नेतृत्व क्षमता निरन्तर निखार्नुपर्छ। यस तालिमले त्यसमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ।”

 

राष्ट्रिय सचिव अरूण प्रसाद कुशवाहाले सीप र शिष्टाचारले मात्र व्यक्ति समाजमा सम्मानित बन्ने बताए। त्यस्तै, राष्ट्रिय सम्पर्क प्रमुख विष्णु प्रसाद पंगेनीले भने, “परिषद सधैं विद्यार्थीको सर्वांगीण विकासका लागि प्रतिबद्ध छ, आगामी दिनमा यस्ता तालिम निरन्तर गर्नेमा प्रतिबद्ध छन।”

 

कार्यक्रम संयोजक सुश्री कञ्चन ठाकुरको संयोजनमा श्री याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय ज्ञानकूप जनकपुरधाम–८ मा सुरु भएको तालिम श्रावण २९ र ३० गतेसम्म चल्नेछ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    दीपक श्रेष्ठ मण्डल  राष्ट्रिय आवाज  जनकपुरधाम, असोज २६ गते जनकपुरधाम उपमहानगरपालिका–३ मा राष्ट्रिय à¤..

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..