विपद व्यवस्थापन कार्ययोजना चुनौतीपूर्ण, सबैको सहकार्य आवश्यक : गृहमन्त्री लेखी

4 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम, साउन २९ गते 

मधेस प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले विपद व्यवस्थापन कार्ययोजना अत्यन्त महत्वपूर्ण र चुनौतीपूर्ण रहेको भन्दै यसका लागि सबै पक्षको सहकार्य अपरिहार्य भएको बताएका छन्।

 

गृह, सञ्चार तथा कानुन मन्त्रालय द्वारा बिहीबार जनकपुरमा आयोजित विपद (सुख्खा) संकटग्रस्त प्रतिकार्य कार्ययोजना तर्जुमा कार्यक्रम लाई सम्बोधन गर्दै मन्त्री लेखीले दातृ निकायका प्रतिनिधि, सुरक्षा निकाय र सम्बन्धित विभागीय मन्त्रालयहरुलाई एकआपसमा सहकार्य गर्न आग्रह गरे।

 

“कार्यक्रममा आएका सुझाव र उठेका विषयहरुलाई संकलन गरी विपद व्यवस्थापन बैठकमा सार्थक निर्णय लिइनेछ,” मन्त्री लेखीले भने।

 

कार्यक्रममा विश्व स्वास्थ्य संगठन (WHO)का डा. प्रगट अर्यालले विपदका बेला शिक्षा, स्वास्थ्य र पोषण गम्भीर रूपमा प्रभावित हुने तथ्य प्रस्तुत गरे। त्यस्तै, विश्व खाद्य सुरक्षा संस्थाका कृष्ण माझीले कृषि तथा खाद्य सुरक्षा सँग सम्बन्धित प्रस्तुति दिए भने ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयकी इन्जिनियर सम्झना लामिछानेले आफ्नो कार्यपत्र र अनुभवहरू साझा गरिन्।

 

खुला सत्रमा सहभागी आधा दर्जन सरोकारवालाहरूले सुख्खाको सामना र उद्धारका व्यावहारिक उपायहरू बारे आ आफ्ना धारणा व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

राष्ट्रिय आवाज  धनुषा, २९ मंसिर – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, धनुषा जिल्ला समितिको जिल्ला स्तरीय विस..

  विशाल साह  ललितपुर, २९ मंसिर   खाद्य तथा कृषि संगठन (एफएओ) र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको संयुक्त आयो..

राष्ट्रिय आवाज जनकपुरधाम, २९ मंसिर ।   पोखरा भ्रमण वर्ष २०२५ तथा आउँदै गरेको २७औँ पोखरा सडक महोत्सवको प्रचार–..

  राष्ट्रिय आवाज  जनकपुरधाम, २८ मंसिर । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) जनकपुरधाम उप–महानगरपालिकाको ..

     राष्ट्रिय आवाज सिरहा, मंसिर २८ गते   ग्लोबल एक्सन नेपालको आयोजनामा सिरहा नगरपालिका–१७ माडरमा सामाज..