विपद व्यवस्थापन कार्ययोजना चुनौतीपूर्ण, सबैको सहकार्य आवश्यक : गृहमन्त्री लेखी

1 वर्ष पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम, साउन २९ गते 

मधेस प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले विपद व्यवस्थापन कार्ययोजना अत्यन्त महत्वपूर्ण र चुनौतीपूर्ण रहेको भन्दै यसका लागि सबै पक्षको सहकार्य अपरिहार्य भएको बताएका छन्।

 

गृह, सञ्चार तथा कानुन मन्त्रालय द्वारा बिहीबार जनकपुरमा आयोजित विपद (सुख्खा) संकटग्रस्त प्रतिकार्य कार्ययोजना तर्जुमा कार्यक्रम लाई सम्बोधन गर्दै मन्त्री लेखीले दातृ निकायका प्रतिनिधि, सुरक्षा निकाय र सम्बन्धित विभागीय मन्त्रालयहरुलाई एकआपसमा सहकार्य गर्न आग्रह गरे।

 

“कार्यक्रममा आएका सुझाव र उठेका विषयहरुलाई संकलन गरी विपद व्यवस्थापन बैठकमा सार्थक निर्णय लिइनेछ,” मन्त्री लेखीले भने।

 

कार्यक्रममा विश्व स्वास्थ्य संगठन (WHO)का डा. प्रगट अर्यालले विपदका बेला शिक्षा, स्वास्थ्य र पोषण गम्भीर रूपमा प्रभावित हुने तथ्य प्रस्तुत गरे। त्यस्तै, विश्व खाद्य सुरक्षा संस्थाका कृष्ण माझीले कृषि तथा खाद्य सुरक्षा सँग सम्बन्धित प्रस्तुति दिए भने ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयकी इन्जिनियर सम्झना लामिछानेले आफ्नो कार्यपत्र र अनुभवहरू साझा गरिन्।

 

खुला सत्रमा सहभागी आधा दर्जन सरोकारवालाहरूले सुख्खाको सामना र उद्धारका व्यावहारिक उपायहरू बारे आ आफ्ना धारणा व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..

  सरोज मल्लिक  राष्ट्रिय आवाज जनकपुरधाम, असोज १६ गते सुक्रबार  धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधामको सरसफाà..