मधेश प्रदेशमा पहिलो पटक युवा नीतिको छलफल

1 वर्ष पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम, भदौ ३ गते

मधेश प्रदेशमा पहिलो पटक युवा नीति तर्जुमा सम्बन्धी परामर्श कार्यक्रम सम्पन्न भएको छ। खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेश प्रदेशको आयोजनामा जनकपुरधाम स्थित होटल सिता शरणमा भएको कार्यक्रममा प्रदेशका विभिन्न जिल्लाबाट आएका युवाको सक्रिय सहभागिता थियो।

 

कार्यक्रमको अध्यक्षता मन्त्रालयका प्रदेश सचिव रञ्जित कुमार यादवले गरे भने प्रमुख अतिथि मन्त्री प्रमोद जयसवाल रहेका थिए। मन्त्री जयसवालले युवा नीति छिट्टै फास्ट ट्रयाक बाट पारित गर्ने प्रतिवद्धता जनाउँदै, “सर्वपक्षीय छलफलबाट सबै जिल्लाका युवाको आवाज समेटिनेछ” भने।

 

मधेश प्रदेश युवा संजालका अध्यक्ष मोहम्मद नइम राईनले लामो संघर्षपछि नीति निर्माण प्रक्रियाको थालनी हुनु ऐतिहासिक उपलब्धि भएको बताए। “यो हाम्रो निरन्तर आन्दोलन र समर्पणको परिणाम हो,” उनले भने।

 

नीति तथा योजना आयोग, मधेश प्रदेशका उपाध्यक्ष डा. शोहन साहले कृषि क्षेत्रमा युवालाई आकर्षित गर्ने नीतिगत प्रावधान आवश्यक रहेको सुझाव दिए। उनका अनुसार प्रदेशको मुख्य अर्थतन्त्र कृषि भएकाले नीति र कार्यक्रमले रोजगारीलाई कृषिसँग जोड्नुपर्नेछ।

 

कार्यक्रममा जुरी नेपालका कृष्ण जिवी घिमिरे र गुञ्जन रायले प्रारम्भिक रूपरेखा प्रस्तुत गरेका थिए। सहभागी युवाले शिक्षा, रोजगारी, स्वास्थ्य, खेलकुद, कृषि, उद्यमशीलता, लैङ्गिक समानता र सामाजिक न्यायलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका थिए।

 

कार्यक्रम सञ्चालन मन्त्रालयका महाशाखा प्रमुख परशुराम कार्कीले गरेका थिए। कार्यक्रममा प्रदेशका उच्च अधिकारी, सामाजिक अभियन्ता, युवा प्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको उल्लेख्य उपस्थिति थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    दीपक श्रेष्ठ मण्डल  राष्ट्रिय आवाज  जनकपुरधाम, असोज २६ गते जनकपुरधाम उपमहानगरपालिका–३ मा राष्ट्रिय à¤..

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..