रक्तदान अभियान : मानवता र भाईचाराको सन्देश

1 वर्ष पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम, भदौ ७ गते 

विश्व बन्धुत्व दिवसको अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, जनकपुरधामले आयोजना गरेको रक्तदान कार्यक्रम भव्यतापूर्वक सञ्चालन गरेको हो। स्व. राजयोगिनी प्रकाशमणि दादीको १८ औँ पुण्य तिथिका अवसरमा विश्वव्यापी रुपमा सञ्चालित “१०० घण्टामा १ लाख पोका भन्दा बढी रक्त संकलन अभियान” अन्तर्गत यहाँ रक्तदान कार्यक्रम आयोजना गरिएको हो।

 

कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री माननीय शत्रुधन प्रसाद सिंहले स्वयं रक्तदान गर्दै कार्यक्रमको उद्घाटन गर्नुभयो। मन्त्री सिंहले रक्तदान लाई सबैभन्दा महान् सेवा भन्दै मानव जीवन जोगाउन यसले पुर्‍याउने योगदानको प्रशंसा गर्नुभयो। उहाँले भने, “रक्तदान गर्नु भनेको अर्को मानवीय जीवनलाई नयाँ श्वास दिनु हो, यस्तो अभियानले समाजमा भाईचारा, करुणा र मानवता अझ प्रगाढ बनाउँछ।”

 

यस अवसरमा विभिन्न सामाजिक, धार्मिक तथा शैक्षिक क्षेत्रका व्यक्तिहरूको सक्रिय उपस्थिति रहेको थियो। ठूलो संख्यामा स्वयंसेवकहरूले रक्तदान गरी “रक्तदान गरौँ, जीवन बचाऔँ” भन्ने सन्देशलाई जीवन्त बनाएका थिए।

 

 आयोजक ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका जगदिश यादबले सहभागी, रक्तदाता तथा सहयोगी सबैलाई धन्यवाद ज्ञापन गर्दै यस्ता अभियानले समाजमा मानवता र एकताको जग अझ मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..