जनकपुरमा नेपाल जेसीजको ५२ औं महा अधिवेशनको ‘दर्शन अनावरण’ : ऐतिहासिक तयारीको सुरुवात

14 दिन पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम, भदौ ६ गते 

नेपाल जेसीजको ५० औं वार्षिकोत्सवसँगै जनकपुरधाममा हुन गइरहेको ५२ औं राष्ट्रिय महा अधिवेशनको तयारी शुक्रबार ऐतिहासिक जानकी मन्दिर प्राङ्गणमा ‘दर्शन अनावरण समारोह’बाट विधिवत् सुरु भएको छ।

 

विशेष समारोहबीच अधिवेशनको लोगो अनावरण गर्दै आयोजक जनकपुर जेसीजले यसलाई ऐतिहासिक उपलब्धितर्फको औपचारिक प्रारम्भका रूपमा घोषणा गर्यो।

 

कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका वन तथा वातावरण मन्त्री सञ्जय कुमार यादवले जेसीजको सामाजिक र संगठनात्मक योगदान लाई उच्च प्रशंसा गर्दै, ग्रामीण तहसम्म यसको पहुँच विस्तार गर्नुपर्नेमा जोड दिए। मन्त्री यादवले भने, “युवालाई नेतृत्व र सामाजिक उत्तरदायित्वतर्फ अघि बढाउने जेसीज कार्यक्रमहरू राष्ट्र निर्माणमै ठूला ढुङ्गा सावित भएका छन्। यो अधिवेशनले त्यसलाई अझ मजबुत बनाउनेछ।”

 

अन्य वक्ताहरूले अधिवेशनलाई ऐतिहासिक र सफल बनाउन सबै पक्षको सक्रिय सहकार्य आवश्यक रहेको उल्लेख गर्दै, यसले नेपाल जेसीज लाई राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै थप उचाइमा पुर्याउने अपेक्षा व्यक्त गरे।

 

समारोहमा नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष गणेश सापकोटा, जानकी मन्दिरका छोटा महन्थ रामरोशन दास, जेसीआई सिनेटर सुरेन्द्र महतो, अधिवेशन निर्देशक सुधिर पजियार लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो। त्यस्तै, पूर्वअध्यक्ष, पदाधिकारी, सदस्य, पत्रकार र स्थानीयको उल्लेखनीय सहभागिता रह्यो।

 

समारोहको संयोजन जेसी रजनीश साहले गरे भने संचालन अधिवेशन उप–सत्र निर्देशक जेसी मनोज कुमार साहले गरेका थिए।

 

समापनमा अधिवेशन निर्देशक सुधिर पजियारले अनावरण समारोहलाई “५२ औं महाअधिवेशनको ऐतिहासिक सुरुवात” भन्दै यसलाई नयाँ उपलब्धितर्फको महत्त्वपूर्ण पाइला करार गरे। आयोजक अध्यक्ष मुकेश कुमार साहले सहभागिता जनाएका सबैलाई धन्यवाद दिँदै अधिवेशनलाई भव्य र ऐतिहासिक बनाउन सहकार्यको लागि आग्रह गरे।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

 ईन्द्र भुषण यादब/राष्ट्रिय आवाज  जनकपुरधाम, भदौ १९ गते  नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति धन..

  मोनु गुप्ता  जनकपुरधाम, भदौ १८ गते  जनकपुरधाम उद्योग वाणिज्य संघको आयोजनामा आगामी दशैँ–तिहार पर्वलाई लक..

  राष्ट्रिय आवाज  जनकपुरधाम, भदौ १६ गते सोमबार  स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन, नेपालको प्रथम वार्षि..

  मोनु गुप्ता  जनकपुरधाम भाद्र १४ गते मिथिला चित्रकलाको संरक्षण, प्रवर्द्धन तथा नयाँ पुस्तामा यसको ज्ञान र रु..

  राष्ट्रिय आवाज जनकपुरधाम, भदौ १३ गते    मधेशी स्वास्थ्यकर्मी फोरम, मधेश प्रदेशको दोस्रो अधिवेशन आगामी भदौ ..