जनकपुरधाममा जलस्रोत व्यवस्थापन सम्बन्धी ‘स्टार्ट–अप वर्कशप’ सम्पन्न

11 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज

जनकपुरधाम, भाद्र ८ गते

जनकपुरधाम उपमहानगरपालिका–१७ मा “सामुदायिक नेतृत्वमा सञ्चालित उत्थानशील सहनशीलता तथा जलस्रोत व्यवस्थापन परियोजना” अन्तर्गतको प्रारम्भिक कार्यशाला (स्टार्ट–अप वर्कशप) आज आइतबार सम्पन्न भएको छ।

 

कार्यक्रमको प्रमुख आतिथ्य नीति तथा योजना आयोग, मधेश प्रदेशका उपाध्यक्ष डा. सोहन साह रहनुभयो भने, कार्यक्रमको अध्यक्षता राष्ट्रिय प्रकोप व्यवस्थापन संजाल नेपाल (DiMANN) का अध्यक्ष सुर्य बहादुर थापाले गर्नुभएको थियो।

 

प्रमुख अतिथि डा. सोहन साहले जलवायु परिवर्तनबाट सिर्जित चुनौतीको सामना गर्न सामुदायिक नेतृत्वमा आधारित दिगो जल व्यवस्थापन अपरिहार्य भएको उल्लेख गर्दै भन्नुभयो “यस्ता पहलहरूले प्रदेशमै होइन, राष्ट्रिय स्तरमै नयाँ उदाहरण स्थापित गर्नेछन्। चुरे क्षेत्रको संरक्षणमा सबैले ध्यान दिनुपर्छ। नेपाल ब्राजिल पछि संसारकै दोस्रो जलस्रोत धनी देश भन्ने भ्रमबाट मुक्त भई वास्तविक तथ्य बुझ्न आवश्यक छ।”

 

अध्यक्ष सुर्य बहादुर थापाले समुदाय सशक्तीकरणको महत्वमाथि जोड दिँदै भन्नुभयो“समुदायलाई सशक्त बनाउन सके मात्र दिगो समाधान सम्भव हुन्छ। यस्ता परियोजनाले प्रत्यक्ष रूपमा जनताको जीवनस्तरमा सुधार ल्याउनेछन्।”

 

प्रमुख प्रविधिक सल्लाहकार रोहित कुमार यादवले जलस्रोत व्यवस्थापनलाई प्रविधि र स्थानीय सहभागिता सँग जोड्नुपर्ने बताउँदै भने “सिमेन्टको अनावश्यक प्रयोग वा पोखरीका घाट निर्माण जस्ता गतिविधिले प्राकृतिक सन्तुलन बिगार्छ। इनार जस्ता परम्परागत स्रोतहरू हराउँदै जानु पनि जल–चक्रमा नकारात्मक असर पारिरहेको छ।”

 

वडा नं. १७ का अध्यक्ष राम बृक्ष यादवले भने “जनप्रतिनिधि र समुदायबीच सहकार्य भएमा यो परियोजना वडाको जल समस्या समाधानको महत्वपूर्ण मोडेल बन्न सक्छ।”

 

त्यसैगरी, युएनडिपीका धन बहादुर चन्दले अन्तर्राष्ट्रिय साझेदारी र सहयोगको महत्वमाथि जोड दिँदै भन्नुभयो “स्थानीय स्तरका ठूला चुनौतीलाई समाधान गर्न अन्तर्राष्ट्रिय सहयोगले महत्त्वपूर्ण भूमिका खेल्छ। यो परियोजना त्यसकै उत्कृष्ट उदाहरण हो।”

 

यस कार्यक्रममा एनजीओ फेडेरेसनका केन्द्रिय सचिव राम चन्द्र साह, केन्द्रिय सदस्य धीरेन्द्र सिंह,प्रधानाध्यापक सुनिल मालिक, बुद्धिजीवी समाजका रामसागर दास, वडासदस्य उपेन्द्र ठाकुर लगायत स्थानीय नागरिक समाज, किसान, महिला, बुद्धिजीवी तथा राजनीतिकर्मीहरूको सक्रिय सहभागिता थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,असार २९ गते    जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि २ अ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार २५ गते    धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२४ मा कार्यवाहक वडा अध्यक..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार २४ गते  धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२४ स्थित श्री गोगल प्रसाद नम..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार २१ गते  जनकपुरधाम उपमहानगरपालिकाको कृषि तथा पशुपन्छी विकास शाखाको आयोज..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार २१ गते    धनुषाको विदेह नगरपालिका–७, योगियाडास्थित श्री भगवती आधारभूत..