पत्रकार राजेश्वर नेपालीको दोस्रो पुण्यतिथिमा श्रद्धाञ्जली तथा वृक्षारोपण कार्यक्रम

1 वर्ष पहिले प्रकाशित

 

मोनु गुप्ता 

जनकपुरधाम, भाद्र १२ गते

प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र प्राप्तिका लागि कलमलाई हतियार बनाएर आजीवन संघर्ष गर्ने महामना राजेश्वर नेपालीको दोस्रो पुण्यतिथि जनकपुरधाममा श्रद्धाञ्जली सभासहित विभिन्न कार्यक्रम आयोजना गरी मनाइयो।

 

जनकपुरधाम उपमहानगरपालिका–२३ को आयोजनामा वडा नं. २३ को बेला पुल स्थित गोविन्द मन्दिर परिसरमा आयोजित कार्यक्रममा मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल, पत्रकार महासंघ, समाजका विभिन्न अगुवा र स्थानीयवासीको उपस्थिति रहेको थियो।

 

सभामुख मण्डलले राजेश्वर नेपालीलाई प्रजातन्त्र तथा प्रेस स्वतन्त्रता सेनानी, अथक योद्धा, साहित्यकार र सादा जीवन–उच्च विचारका प्रतीकका रूपमा स्मरण गर्दै उहाँका विचार र मार्गनिर्देशन आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए। उहाँले “राज्य सञ्चालन गर्नेहरूले दलित, जनजाति, उपेक्षित र पिछडिएको वर्गको उत्थान नगरेसम्म राष्ट्र समृद्धि हासिल गर्न सक्दैन” भन्ने नेपालीको दृष्टिकोणलाई आजको परिवेशमा अझै महत्त्वपूर्ण रहेको उल्लेख गरे।

 

यस अवसरमा वडा अध्यक्ष राघवेन्द्र प्रसाद साहले दलित, अपाङ्ग, असहाय, जानकी वृद्धाश्रम र कबीर बाल अनाथ आश्रममा हर्लिक्स, फलफूल, बुन्दिया तथा नगद वितरण गरे। कार्यक्रममा मधेश मिडिया काउन्सिलका अध्यक्ष सुरेश यादव, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरण गुप्ता, प्रजातन्त्र सेनानी केवलकुमार शर्मा, सत्यनारायण आलोक, पत्रकार महासंघका केन्द्रीय परिषद सदस्य श्रीनारायण साह, पत्रकार कमल साह, प्रा. रमेशकुमार साह, साहित्यकार उपेन्द्र भगत नागवंशी लगायतका वक्ताले राजेश्वर नेपालीको योगदान, व्यक्तित्व र कृतित्व बारे बृहद् प्रकाश पारे।

 

पुण्यतिथिको अवसरमा सभामुख मण्डल सहित उपस्थित अतिथिहरूले बेला पुलदेखि महोत्तरीको बनौली मोड सम्मको राजमार्ग क्षेत्रमा आँप, गोल्डमोहर, चम्पा र सिँगारफूलका बिरुवा रोपण गरी उक्त क्षेत्रलाई “राजेश्वर नेपाली हरित वाटिका” नामकरण गरिएको आयोजकले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..

  सरोज मल्लिक  राष्ट्रिय आवाज जनकपुरधाम, असोज १६ गते सुक्रबार  धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधामको सरसफाà..