मधेशी स्वास्थ्यकर्मी फोरम मधेश प्रदेशको दोस्रो अधिवेशन जनकपुरधाममा, तयारी पूरा

1 वर्ष पहिले प्रकाशित

 

राष्ट्रिय आवाज

जनकपुरधाम, भदौ १३ गते 

 

मधेशी स्वास्थ्यकर्मी फोरम, मधेश प्रदेशको दोस्रो अधिवेशन आगामी भदौ १४ सनिवार र १५ गते आईतबार जनकपुरधाममा हुने भएको छ। अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको फोरमका अध्यक्ष विनोद यादवले आज शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन्।

 

जनकपुरधामको रामानन्द चौकस्थित होटल सेभेन स्टारमा हुने अधिवेशनको उद्घाटन समारोहमा जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय अध्यक्ष तथा पूर्व स्वास्थ्य मन्त्री उपेन्द्र यादव प्रमुख अतिथि रहने भएका छन्।

 

अधिवेशनमा मधेश प्रदेशका विभिन्न जिल्लाबाट करिब २५० प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने जनाइएको छ। अधिवेशनको खुला सत्रमा जसपा नेपालका महासचिव एवं मधेश प्रदेशका पहिलो मुख्यमन्त्री लालबाबु राउत, पूर्व मुख्यमन्त्री सरोज कुमार यादव लगायतका नेताहरूको पनि उपस्थिति रहनेछ।

 

पत्रकार सम्मेलनमा फोरमका केन्द्रीय अध्यक्ष कृष्णलाल यादवले नेपाल सरकारले संघीय निजामति सेवा ऐन र स्वास्थ्य ऐनलाई गाभ्ने गरी ल्याउन लागेको विधेयकबारे अधिवेशनमा विशेष निर्णय हुने बताए। उनले ऐन गाभिएमा स्वास्थ्यकर्मीहरू समस्यामा पर्ने भन्दै प्रदेश अधिवेशन मार्फत सरकारलाई दबाब दिने घोषणा गरे।दुई दिनसम्म चल्ने अधिवेशनले १७ सदस्यीय नयाँ प्रदेश कार्यसमिति समेत चयन गर्ने छ।

 

*अधिवेशनका मुख्य एजेन्डा

-सांगठनिक प्रतिवेदन

-आर्थिक प्रतिवेदन

-नीति तथा कार्यक्रम प्रस्तुति

-मधेश प्रदेश कार्यसमिति निर्वाचन

-स्वास्थ्य सेवा तथा स्वास्थ्यकर्मीहरूको हकहितमा घोषणा पत्र जारी गर्ने जनाएका छन।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..