मिथिला चित्रकलाको संरक्षण तथा प्रवर्द्धनका लागि जनकपुरधाममा प्रतियोगिता सम्पन्न

7 दिन पहिले प्रकाशित

 

मोनु गुप्ता 

जनकपुरधाम भाद्र १४ गते

मिथिला चित्रकलाको संरक्षण, प्रवर्द्धन तथा नयाँ पुस्तामा यसको ज्ञान र रुचि अभिवृद्धि गर्ने उद्देश्यले राजर्षि जनक विश्वविद्यालय, जनकपुरधाम अन्तर्गत राजर्षि जनक अध्ययन अनुसन्धान केन्द्रले दुई दिवसीय मिथिला चित्रकला प्रतियोगिता–२०८२ आयोजना गरेको छ।

 

भदौ १३ र १४ गते सम्पन्न प्रतियोगितामा कलाकारहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागी कलाकारहरूले मिथिला समाजका रीति–रिवाज, संस्कृति, धार्मिक आस्था र सामाजिक सन्देशलाई आफ्नो चित्रमार्फत प्रस्तुत गरेका थिए।

 

समापन कार्यक्रमका प्रमुख अतिथि उपकुलपति प्रा.डा. अमर प्रसाद यादवले मिथिला चित्रकला केवल कला नभई जीवनशैली, संस्कार र ज्ञानको परम्परा भएको उल्लेख गर्दै यसलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न यस किसिमका प्रतियोगिताले ठूलो योगदान पुर्याउने बताए। उनले मिथिला चित्रकलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन विश्वविद्यालय निरन्तर प्रयत्नशील रहेको पनि स्पष्ट पारे।

 

निर्देशक प्रा.डा. रामखलावन शाहले मिथिला चित्रकलाले समाजमा महिला सशक्तीकरण र सन्देश प्रवाहमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै यसको संरक्षणमा सबै मिलेर काम गर्नुपर्ने धारणा राखे।

 

त्यसैगरी सह–प्रा. डा. सत्य नारायण साहले यस प्रतियोगिताले विद्यार्थी तथा युवा पुस्ताको सिर्जनशीलतालाई उजागर गर्ने अवसर प्रदान गरेको बताए। उनले मिथिला चित्रकलामा आधारित अनुसन्धान र नयाँ प्रयोगलाई विश्वविद्यालयले निरन्तर प्रोत्साहन गर्ने प्रतिवद्धता जनाए। समापन सत्रमा चित्रकार सुनैना ठाकुर लगायत दर्जनौ व्यक्तित्वहरुको सहभागिता रहेका थिए।

 

कार्यक्रममा सहभागी कलाकारहरूलाई प्रमाणपत्र र उत्कृष्ट लाई सहानुभूति पुरस्कार प्रदान गरिएको थियो।आयोजकका अनुसार भविष्यमा यसलाई विस्तार गर्ने योजना समेत रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

 ईन्द्र भुषण यादब/राष्ट्रिय आवाज  जनकपुरधाम, भदौ १९ गते  नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति धन..

  मोनु गुप्ता  जनकपुरधाम, भदौ १८ गते  जनकपुरधाम उद्योग वाणिज्य संघको आयोजनामा आगामी दशैँ–तिहार पर्वलाई लक..

  राष्ट्रिय आवाज  जनकपुरधाम, भदौ १६ गते सोमबार  स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन, नेपालको प्रथम वार्षि..

  मोनु गुप्ता  जनकपुरधाम भाद्र १४ गते मिथिला चित्रकलाको संरक्षण, प्रवर्द्धन तथा नयाँ पुस्तामा यसको ज्ञान र रु..

  राष्ट्रिय आवाज जनकपुरधाम, भदौ १३ गते    मधेशी स्वास्थ्यकर्मी फोरम, मधेश प्रदेशको दोस्रो अधिवेशन आगामी भदौ ..