स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन नेपालको प्रथम वार्षिकोत्सवमा सहयोग रकम हस्तान्तरण

1 वर्ष पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम, भदौ १६ गते सोमबार 

स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन, नेपालको प्रथम वार्षिकोत्सवको अवसरमा मधेस प्रदेश कार्यसमिति, जनकपुर धामले विशेष कार्यक्रम आज सोमबार आयोजना गरेको छ।

 

संगठनका प्रदेश अध्यक्ष तुला कृष्ण गोइतको अध्यक्षता तथा संगठनका केन्द्रिय सचिव एवम् महासचिव (मधेस प्रदेश समिति) सुरेश कुमार रोहिताको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा, सदगुरु कबीर बाल आश्रम, ज्ञानकुप कबीरनगर, जनकपुरधाममा रहेका आश्रम लाई सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग रकम हस्तान्तरण गरिएको छ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश अध्यक्ष तुला कृष्ण गोइतले भने, “हाम्रो संगठन केवल कर्मचारी हक अधिकारका लागि मात्र होइन, समाजप्रति उत्तरदायी बन्ने उद्देश्यले पनि अघि बढेको छ। बालबालिकाको भविष्य सुरक्षित गर्नु हाम्रो सबैको दायित्व हो।”

 

विशिष्ट अतिथि सुरेश कुमार रोहिताले मन्तव्य राख्दै भने, “राष्ट्रसेवक कर्मचारी बीच एकता आजको आवश्यकता हो। यसरी समाजकल्याण सँग जोडिएका कार्यक्रमले संगठनलाई अझै जनमुखी र सार्थक बनाउँछ।”

 

आध्यात्मिक सन्त सदगुरु कबीर बाल आश्रमका सञ्चालक आलोक बाबाले संगठनले गरेको योगदान प्रति आभार व्यक्त गर्दै भने, “बालबालिकाको शिक्षा देखि स्वास्थ्य सम्मको यात्रामा यस्तो सहयोगले ठूलो प्रेरणा दिन्छ। तपाईँहरूको सहयोगले उनीहरूलाई उज्ज्वल भविष्य निर्माण गर्न सहयोग पुग्नेछ।”

 

कार्यक्रममा उपस्थित अन्य वक्ताहरूले पनि संगठनको स्थापनाको महत्व, कर्मचारी एकताको आवश्यकता र सामाजिक दायित्व बारे प्रकाश पारेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..