स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन नेपालको प्रथम वार्षिकोत्सवमा सहयोग रकम हस्तान्तरण

4 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम, भदौ १६ गते सोमबार 

स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन, नेपालको प्रथम वार्षिकोत्सवको अवसरमा मधेस प्रदेश कार्यसमिति, जनकपुर धामले विशेष कार्यक्रम आज सोमबार आयोजना गरेको छ।

 

संगठनका प्रदेश अध्यक्ष तुला कृष्ण गोइतको अध्यक्षता तथा संगठनका केन्द्रिय सचिव एवम् महासचिव (मधेस प्रदेश समिति) सुरेश कुमार रोहिताको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा, सदगुरु कबीर बाल आश्रम, ज्ञानकुप कबीरनगर, जनकपुरधाममा रहेका आश्रम लाई सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग रकम हस्तान्तरण गरिएको छ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश अध्यक्ष तुला कृष्ण गोइतले भने, “हाम्रो संगठन केवल कर्मचारी हक अधिकारका लागि मात्र होइन, समाजप्रति उत्तरदायी बन्ने उद्देश्यले पनि अघि बढेको छ। बालबालिकाको भविष्य सुरक्षित गर्नु हाम्रो सबैको दायित्व हो।”

 

विशिष्ट अतिथि सुरेश कुमार रोहिताले मन्तव्य राख्दै भने, “राष्ट्रसेवक कर्मचारी बीच एकता आजको आवश्यकता हो। यसरी समाजकल्याण सँग जोडिएका कार्यक्रमले संगठनलाई अझै जनमुखी र सार्थक बनाउँछ।”

 

आध्यात्मिक सन्त सदगुरु कबीर बाल आश्रमका सञ्चालक आलोक बाबाले संगठनले गरेको योगदान प्रति आभार व्यक्त गर्दै भने, “बालबालिकाको शिक्षा देखि स्वास्थ्य सम्मको यात्रामा यस्तो सहयोगले ठूलो प्रेरणा दिन्छ। तपाईँहरूको सहयोगले उनीहरूलाई उज्ज्वल भविष्य निर्माण गर्न सहयोग पुग्नेछ।”

 

कार्यक्रममा उपस्थित अन्य वक्ताहरूले पनि संगठनको स्थापनाको महत्व, कर्मचारी एकताको आवश्यकता र सामाजिक दायित्व बारे प्रकाश पारेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

राष्ट्रिय आवाज  धनुषा, २९ मंसिर – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, धनुषा जिल्ला समितिको जिल्ला स्तरीय विस..

  विशाल साह  ललितपुर, २९ मंसिर   खाद्य तथा कृषि संगठन (एफएओ) र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको संयुक्त आयो..

राष्ट्रिय आवाज जनकपुरधाम, २९ मंसिर ।   पोखरा भ्रमण वर्ष २०२५ तथा आउँदै गरेको २७औँ पोखरा सडक महोत्सवको प्रचार–..

  राष्ट्रिय आवाज  जनकपुरधाम, २८ मंसिर । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) जनकपुरधाम उप–महानगरपालिकाको ..

     राष्ट्रिय आवाज सिरहा, मंसिर २८ गते   ग्लोबल एक्सन नेपालको आयोजनामा सिरहा नगरपालिका–१७ माडरमा सामाज..