जनकपुरधाममा दशैँ बजार व्यवस्थापन सम्बन्धी छलफल सम्पन्न

1 वर्ष पहिले प्रकाशित

 

मोनु गुप्ता 

जनकपुरधाम, भदौ १८ गते 

जनकपुरधाम उद्योग वाणिज्य संघको आयोजनामा आगामी दशैँ–तिहार पर्वलाई लक्षित गर्दै बजार व्यवस्थापन सम्बन्धी विशेष छलफल कार्यक्रम आज बुधबार बिहान सम्पन्न भएको छ ।

 

संघको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा अध्यक्ष श्री सुरेन्द्र भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न व्यापारी, सरोकारवाला निकायका प्रतिनिधि, पत्रकार तथा संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष भण्डारीले नेपालीहरुको महत्त्वपूर्ण चाडपर्वको समयमा बजारमा अत्यधिक भीडभाड हुने भएकाले मूल्य नियन्त्रण, कालोबजारी रोकथाम, गुणस्तरिय आवश्यक उपभोग्य वस्तुको सहज आपूर्ति र उपभोक्ताको अधिकार संरक्षण संघको प्राथमिकता हुने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो दशैँ–तिहारको समयमा उपभोक्तालाई सहज मूल्यमा आवश्यक वस्तु उपलब्ध गराउनु उद्योग वाणिज्य संघको दायित्व हो । व्यापारी समुदाय र प्रशासन बीच सहकार्य भएमा उपभोक्ता थप सन्तुष्ट हुनेछन् ।

 

छलफलमा सरोकारवाला पक्षहरुले बजार व्यवस्थापन, सुरक्षाको व्यवस्था, आवश्यक वस्तुको मूल्य सूची सार्वजनिक गर्ने र अनुगमनलाई प्रभावकारी बनाउन सुझावसमेत दिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..