शिक्षा हरेक बालबालिकाको अधिकार ,बसहियामा शैक्षिक सामग्री वितरणले ल्यायो खुशी

1 वर्ष पहिले प्रकाशित

 

राष्ट्रिय आवाज

जनकपुर धाम,भदौ २१ गते

 

“शिक्षा बिना जीवन अपूर्ण हुन्छ।” यही विश्वासका साथ श्री हरि मानव कल्याण मञ्च, जनकपुरधाम–२४ बसहियाले आज स्थानिय गरीब तथा विपन्न बालबालिकाको हातमा शैक्षिक सामग्री थमाएको छ।साधारण देखिने यो सहयोग बालबालिकाको भविष्यमा असाधारण प्रेरणाको ज्योति बन्न सकने बताएका थिए।

 

विपन्न परिवारका बालबालिकालाई विद्यालय अध्ययनमा आवश्यक पर्ने झोला (बैग) ,क्याल्कुलेटर,ज्यामिति बक्स,कापी, कलम, पेन्सिल सहित भागवत गीता र हनुमान चालिसा वितरण गरिएको थियो।यी सामग्री पाउँदा बालबालिकाको अनुहारमा झल्किएको खुशीले कार्यक्रम स्थल नै उज्यालो बनेको अनुभव गरिएको थियो।

 

सामाजिक कार्यमा सक्रिय संस्थाका अध्यक्ष दीपक श्रेष्ठ मण्डलले बालबालिकालाई सम्बोधन गर्दै भने: “नैतिक शिक्षा र आध्यात्मिक शिक्षा सँगसँगै अघि बढ्न सके आजका बालबालिका भोलिका दिनमा आदर्श नागरिक बन्न सक्छन्। आर्थिक अभावले कुनै पनि बालबालिका पढाइबाट वञ्चित हुन नपरोस् भन्ने हाम्रो मुख्य लक्ष्य हो।”

उहाँको भनाइले कार्यक्रममा सहभागी अभिभावक र स्थानीय समुदायलाई गहिरो सन्देश दिएको थियो।

उपाध्यक्ष धनेश्वर ठाकुरले शिक्षालाई उज्ज्वल भविष्यको मूल आधार भन्दै संस्थाले निरन्तर समाजसेवामा लागिरहने प्रतिवद्धता जनाए।

सदस्य इन्दल मण्डलले विपन्न समुदायलाई साथ दिनु समाजको सामूहिक जिम्मेवारी भएको बताए।

 

शिक्षक मनोज मण्डलले स्थानीयस्तरमै यस्ता सहयोगी अभियान बढ्दै गए शिक्षामा असमानता घट्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा स्थानिय बासिन्दा, अभिभावक, विद्यार्थी तथा महिलाको उल्लेख्य उपस्थिति थियो। बालबालिकाले पाएको नयाँ झोला, कापी र कलमले उनीहरूको अनुहारमा देखा परेको खुशीले समाजमा शिक्षा र सहयोगको महत्व झल्काएको थियो।

यो कार्यक्रमले देखाएको एउटा ठोस सन्देश छ —

शिक्षा हरेक बालबालिकाको अधिकार हो, आर्थिक अवस्था कमजोर भएकै कारण कसैले पनि यो अधिकारबाट वञ्चित हुनु हुँदैन।

 

सामूहिक सहयोग र साझा उत्तरदायित्व मार्फत समाजलाई शिक्षित, नैतिक र आध्यात्मिक रूपमा सशक्त बनाउन सकिन्छ भन्ने तथ्यलाई यस अभियानले फेरि स्मरण गराएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    दीपक श्रेष्ठ मण्डल  राष्ट्रिय आवाज  जनकपुरधाम, असोज २६ गते जनकपुरधाम उपमहानगरपालिका–३ मा राष्ट्रिय à¤..

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..