शिक्षा हरेक बालबालिकाको अधिकार ,बसहियामा शैक्षिक सामग्री वितरणले ल्यायो खुशी

3 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज

जनकपुर धाम,भदौ २१ गते

 

“शिक्षा बिना जीवन अपूर्ण हुन्छ।” यही विश्वासका साथ श्री हरि मानव कल्याण मञ्च, जनकपुरधाम–२४ बसहियाले आज स्थानिय गरीब तथा विपन्न बालबालिकाको हातमा शैक्षिक सामग्री थमाएको छ।साधारण देखिने यो सहयोग बालबालिकाको भविष्यमा असाधारण प्रेरणाको ज्योति बन्न सकने बताएका थिए।

 

विपन्न परिवारका बालबालिकालाई विद्यालय अध्ययनमा आवश्यक पर्ने झोला (बैग) ,क्याल्कुलेटर,ज्यामिति बक्स,कापी, कलम, पेन्सिल सहित भागवत गीता र हनुमान चालिसा वितरण गरिएको थियो।यी सामग्री पाउँदा बालबालिकाको अनुहारमा झल्किएको खुशीले कार्यक्रम स्थल नै उज्यालो बनेको अनुभव गरिएको थियो।

 

सामाजिक कार्यमा सक्रिय संस्थाका अध्यक्ष दीपक श्रेष्ठ मण्डलले बालबालिकालाई सम्बोधन गर्दै भने: “नैतिक शिक्षा र आध्यात्मिक शिक्षा सँगसँगै अघि बढ्न सके आजका बालबालिका भोलिका दिनमा आदर्श नागरिक बन्न सक्छन्। आर्थिक अभावले कुनै पनि बालबालिका पढाइबाट वञ्चित हुन नपरोस् भन्ने हाम्रो मुख्य लक्ष्य हो।”

उहाँको भनाइले कार्यक्रममा सहभागी अभिभावक र स्थानीय समुदायलाई गहिरो सन्देश दिएको थियो।

उपाध्यक्ष धनेश्वर ठाकुरले शिक्षालाई उज्ज्वल भविष्यको मूल आधार भन्दै संस्थाले निरन्तर समाजसेवामा लागिरहने प्रतिवद्धता जनाए।

सदस्य इन्दल मण्डलले विपन्न समुदायलाई साथ दिनु समाजको सामूहिक जिम्मेवारी भएको बताए।

 

शिक्षक मनोज मण्डलले स्थानीयस्तरमै यस्ता सहयोगी अभियान बढ्दै गए शिक्षामा असमानता घट्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा स्थानिय बासिन्दा, अभिभावक, विद्यार्थी तथा महिलाको उल्लेख्य उपस्थिति थियो। बालबालिकाले पाएको नयाँ झोला, कापी र कलमले उनीहरूको अनुहारमा देखा परेको खुशीले समाजमा शिक्षा र सहयोगको महत्व झल्काएको थियो।

यो कार्यक्रमले देखाएको एउटा ठोस सन्देश छ —

शिक्षा हरेक बालबालिकाको अधिकार हो, आर्थिक अवस्था कमजोर भएकै कारण कसैले पनि यो अधिकारबाट वञ्चित हुनु हुँदैन।

 

सामूहिक सहयोग र साझा उत्तरदायित्व मार्फत समाजलाई शिक्षित, नैतिक र आध्यात्मिक रूपमा सशक्त बनाउन सकिन्छ भन्ने तथ्यलाई यस अभियानले फेरि स्मरण गराएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

राष्ट्रिय आवाज  धनुषा, २९ मंसिर – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, धनुषा जिल्ला समितिको जिल्ला स्तरीय विस..

  विशाल साह  ललितपुर, २९ मंसिर   खाद्य तथा कृषि संगठन (एफएओ) र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको संयुक्त आयो..

राष्ट्रिय आवाज जनकपुरधाम, २९ मंसिर ।   पोखरा भ्रमण वर्ष २०२५ तथा आउँदै गरेको २७औँ पोखरा सडक महोत्सवको प्रचार–..

  राष्ट्रिय आवाज  जनकपुरधाम, २८ मंसिर । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) जनकपुरधाम उप–महानगरपालिकाको ..

     राष्ट्रिय आवाज सिरहा, मंसिर २८ गते   ग्लोबल एक्सन नेपालको आयोजनामा सिरहा नगरपालिका–१७ माडरमा सामाज..