नेता होइन, जनकपुरको बेटा हुँ : पूर्व राज्य मन्त्री संजय

12 महीना पहिले प्रकाशित

 

मोनु गुप्ता,राष्ट्रिय आवाज

जनकपुरधाम, भदौ २६ गते

 

दुई पटक प्रत्यक्ष निर्वाचित धनुषाका पूर्व राज्य मन्त्री संजय साह (टकला) आफ्नो निजी निवास जनकपुरधाम फर्किएपछि स्थानीय राजनीतिक माहोल तातेको छ। करिब १२ वर्ष लामो समय जेलजीवन बिताएका साहले आफू भागेर नभई युवाको आग्रहमा बाहिर आएको प्रष्ट पार्दै, “सरकारले भने फर्कन तयार छु” भने।

पत्रकारहरूसँगको कुराकानीमा उनले भावुक हुँदै भने, “म नेता होइन, जनकपुरको बेटा हुँ। मेरो लागि राजनीति व्यापार होइन, जनताको सेवा गर्ने माध्यम हो।”

 

* युवाको आग्रह र स्वागत

साह जनकपुर आइपुग्दा उनलाई स्थानीय युवाले उत्साहपूर्वक स्वागत गरेका थिए। जेन–जीका युवाले नै उनलाई बाहिर जान आग्रह गरेको भन्दै उनले आफूलाई दिएको सद्भाव र समर्थन प्रति आभार व्यक्त गरे।

 

* राजनीतिक पृष्ठभूमि र चर्चा

संजय साह मधेस–केन्द्रित राजनीतिक आन्दोलन हुँदै राज्य मन्त्रीसम्म पुगेका चर्चित पात्र हुन्। जनकपुरमा साहको लोकप्रियता अझै बलियो रहेको देखिन्छ। स्थानीयस्तरमा विशेष गरी युवाबीच उनको प्रभाव उच्च मानिन्छ।

 

उनको फर्काइ सँगै जनकपुरमा नयाँ राजनीतिक समीकरणबारे चर्चा सुरु भएको छ। समर्थकले उनलाई ‘साहसिक नेता’को रूपमा चित्रण गरिरहेका छन् भने आलोचकले उनको भूमिका बारे आपराधिक विभिन्न प्रश्न उठाइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..