सरोज राय : संकटमा सधैं अगाडि देखिने मानवीय हात

10 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम, असोज २ गते 

मधेश प्रदेशको सर्लाही, बरहथवामा जन्मिएका सरोज राय मधेश लाई कर्मभूमि बनाएर सामाजिक न्याय र मानवअधिकारको पक्षमा समर्पित हुँदै आएका छन्। सूचना प्रविधि (आईटी) क्षेत्रमा उज्यालो भविष्य त्यागेर उनले अपनाएको बाटो सजिलो छैन। तर, राय भन्छन्, “यो मेरो सौख होइन, जिम्मेवार नागरिकको कर्तव्यबोध हो।”

 

* उद्धारका कथाहरू

 

भारतदेखि साउदी अरब सम्म, जहाँ नेपाली अलपत्र परे, त्यहाँ रायको उपस्थिति देखिन्छ।२०२४ मा काश्मिरबाट ४२ नेपाली कामदारलाई बन्धनमुक्त गर्ने अभियानमा उनी अग्रणी थिए। मृत्युदण्डको सजाय पाएका उमेश यादवलाई बचाउन उनी पाकिस्तान र साउदी अरब सम्म पुगे।

दिल्लीमा अलपत्र ३९ युवती लाई उद्धार गर्नुको साथै सयौं महिलालाई मानव बेचबिखनबाट बचाए। भारतका विभिन्न सहरमा बन्धनमा परेका दुई सयभन्दा बढी बालबालिकालाई पनि उनले सुरक्षित फर्काए।

 

* विपदमा सहोगी हात

 

COVID–१९ को महामारीमा उनले भारत–नेपाल सीमामा सयौं अलपत्र नागरिकलाई खानपिनको व्यवस्था गरे। स्वास्थ्यकर्मीलाई PPE, मास्क र ग्लोभ्स वितरण गरे। आफ्नै गाउँमा २५ सैयाको आइसोलेशन सेन्टर र अक्सिजन सेवा स्थापना गरेर ज्यान बचाए।चिसो, आगलागी वा बाढीग्रस्त क्षेत्रमा राहत वितरणमा उनले निरन्तर सक्रियता देखाए।

 

* सामाजिक न्यायको स्वर

 

राय किसान आन्दोलन, भूमिहीन सुकुम्वासी र आरक्षणको पक्षमा निरन्तर लागिरहेका छन्। सिर्सिया नदी सफाइ अभियानका लागि उनले गरेको बिरगंज–काठमाडौं पदयात्रा चर्चित छ।दहेज प्रथा अन्त्यका लागि उनले दाइजो रहित विवाह सम्पन्न गराए। बलात्कार पीडितलाई न्याय दिलाउन प्रहरीसँग सहकार्य गर्दै अपराधी लाई कारबाही सम्म पुर्याए।

 

* सीमापार मानवीयता

 

मानवताको सीमाना हुँदैन भन्ने विश्वासमा रायले भारत र बंगलादेशका अलपत्र नागरिकलाई समेत उद्धार गरेका छन्। भारतमा बाढीपीडितलाई राहत पु¥याउन उनी आफैं दौडिएका थिए। आसाममा बन्धनमा परेका एक बालकलाई पनि उनले नेपाल फर्काए।

 

* पहिचान र सम्मान

 

उनको योगदानका कारण सरोज रायलाई “नेपालका बजरंगी भाइजान” भनेर चिनिन्छ।नेपाल सरकारले उनलाई प्रबल जनसेवाश्री पदक प्रदान गरेको छ। अमेरिका, भारत र नेपालका विभिन्न संस्थाबाट Social Hero Award, International Excellency Award र National Social Welfare Award पाए।

 

* राजनीतिक चासो

 

GEN-Z आन्दोलनपछि बनेको अन्तरिम सरकारमा मधेशको प्रतिनिधित्वका लागि रायलाई धेरैले आग्रह गरिरहेका छन्। धेरैको विश्वास छ उनको सहभागिता न्यायपूर्ण परिवर्तन र समावेशी राजनीतिका लागि प्रतीक बन्न सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,असार २९ गते    जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि २ अ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार २५ गते    धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२४ मा कार्यवाहक वडा अध्यक..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार २४ गते  धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२४ स्थित श्री गोगल प्रसाद नम..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार २१ गते  जनकपुरधाम उपमहानगरपालिकाको कृषि तथा पशुपन्छी विकास शाखाको आयोज..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार २१ गते    धनुषाको विदेह नगरपालिका–७, योगियाडास्थित श्री भगवती आधारभूत..