संघीय लोकतान्त्रिक मोर्चा महोत्तरी द्वारा कालो दिवस मनाइयो

3 महीना पहिले प्रकाशित

इन्द्र भूषण यादव

महोत्तरी, असोज ३ गते 

 

नेपाल सरकारले असोज ३ गतेलाई संविधान दिवसका रूपमा देशव्यापी रूपमा उत्सव मनाइरहँदा महोत्तरीमा संघीय लोकतान्त्रिक मोर्चाले भने अपूर्ण र अधुरो संविधान भन्दै कालो दिवस मनाएको छ।

 

मोर्चाका नेता तथा कार्यकर्ताहरू सयौँको संख्यामा भेला भई टाउकोमा कालो पट्टी बाँधेर नगर परिक्रमा गर्दै विरोध प्रदर्शनमा सहभागी भएका थिए। प्रदर्शनकारीहरूले “यो संविधान मान्य छैन”, “संविधान संशोधन गर” लगायतका नारा लगाएका थिए।

 

मोर्चाका नेताहरूले संविधानमा रहेका त्रुटी सच्याउन नसकेसम्म जनताले यसलाई स्वीकार्न नसक्ने चेतावनी दिए। उनीहरूले संविधान जारी भएको दिनमै ब्ल्याकआउट गरेर विरोध जनाएको र आज फेरि पनि ‘कालो दिन’का रूपमा सम्झन बाध्य भएको बताए।

 

मधेश प्रदेशका जसपा नेपालकी नेतृ सबिता यादवले संविधानले मधेशी जनताको अधिकारलाई पूरा प्रतिनिधित्व नगरेको दाबी गर्दै त्रुटी सच्याउन आवश्यक रहेको बताइन्।

“संविधान पुनर्लेखन वा संशोधन गरेर मात्र मधेश जन विद्रोहका मागहरू सम्बोधन गर्न सकिन्छ,” उनले भनिन्।देश नयाँ युगमा प्रवेश गर्दैगर्दा संविधानको रक्षा हुनु आवश्यक भए पनि मधेश जनविद्रोह लाई भुल्न नहुने उनको तर्क छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

राष्ट्रिय आवाज  धनुषा, २९ मंसिर – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, धनुषा जिल्ला समितिको जिल्ला स्तरीय विस..

  विशाल साह  ललितपुर, २९ मंसिर   खाद्य तथा कृषि संगठन (एफएओ) र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको संयुक्त आयो..

राष्ट्रिय आवाज जनकपुरधाम, २९ मंसिर ।   पोखरा भ्रमण वर्ष २०२५ तथा आउँदै गरेको २७औँ पोखरा सडक महोत्सवको प्रचार–..

  राष्ट्रिय आवाज  जनकपुरधाम, २८ मंसिर । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) जनकपुरधाम उप–महानगरपालिकाको ..

     राष्ट्रिय आवाज सिरहा, मंसिर २८ गते   ग्लोबल एक्सन नेपालको आयोजनामा सिरहा नगरपालिका–१७ माडरमा सामाज..