तेल्हा पोखरीमा सरसफाइ र वृक्षारोपण : ‘हाम्रो धरोहर, हाम्रो सरोकार’

1 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम, असोज ४ गते (शनिबार)

जनकपुरधाम लाई धार्मिक, सांस्कृतिक र ऐतिहासिक सहरको रुपमा चिनिन्छ। यहाँका मन्दिर, पोखरी र धरोहरहरूले जनकपुरलाई पर्यटकको प्रमुख गन्तव्य बनाएका छन्। तर ती धरोहरहरूको संरक्षण र सरसफाइमा बेवास्ता हुँदा सौन्दर्य मात्र होइन, धार्मिक गरिमा पनि प्रभावित हुँदै आएको छ।

 

यही सन्दर्भमा जानकी मन्दिर नजिकै अवस्थित तेल्हा पोखरीमा आवर जनकपुर मल्लिक ग्रुप समाजले सरसफाइ तथा वृक्षारोपण अभियान सञ्चालन गरेको छ। स्थानीय युवाको सक्रिय सहभागिता सहित गरिएको यस अभियानले पोखरीको वरिपरिको फोहर व्यवस्थापन गर्दै हरियाली बढाउने उद्देश्यका साथ वृक्षारोपण समेत गरेको छ।

 

* “धरोहर हाम्रो, सरोकार हाम्रो”

 

अभियानका अगुवा सरोज मलिक भन्छन् “हाम्रो धरोहर हाम्रो सरोकार हो। जनकपुर सफा सुन्दर हुँदा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुन्छन्। यसले हाम्रो संस्कृतिलाई बलियो बनाउँछ। त्यसैले हामी दत्तचित्त भएर सरसफाइ र वृक्षारोपण अभियानमा लागेका छौँ।”उनको भनाइमा यो केवल सरसफाइ नभएर सहरलाई पर्यावरण मैत्री बनाउने दीर्घकालीन प्रयास पनि हो।

* धार्मिक र सांस्कृतिक महत्व

 

तेल्हा पोखरी केवल पानीको मुहान मात्र होइन, यो जनकपुरधामको धार्मिक इतिहाससँग गाँसिएको महत्वपूर्ण स्थल हो। मठ–मन्दिर, व्रत–पूजा र धार्मिक मेलामा यहाँको पानी प्रयोग हुने गरेको छ। त्यसैले यसको संरक्षणलाई स्थानीय बासिन्दाले आस्था र संस्कृतिसँग जोडिएको विषय मानेका छन्।

 

* पर्यावरण संरक्षणको सन्देश

अभियानले सरसफाइ सँगै वृक्षारोपण लाई प्राथमिकता दिएको छ। यसबाट पर्यावरण संरक्षण, जलवायु सन्तुलन र शहरी सौन्दर्य वृद्धि हुने अपेक्षा गरिएको छ। जनकपुर जस्तो घनीभूत शहरी क्षेत्रमा हरियाली विस्तार हुनु आजको आवश्यकता भएको सरसफाइ अभियन्ता बजरंग यादबले बताए।

 

* नागरिक जागरणको मिसाल

स्थानीय युवाको सक्रियतामा सम्पन्न भएको यो अभियानले सन्देश दिएको छ – धरोहर जोगाउने जिम्मेवारी केवल सरकार वा नगरपालिका मात्र होइन, प्रत्येक नागरिककै हो। सामूहिक प्रयासले मात्र सहरलाई सफा, हरियाली र पर्यटक मैत्री बनाउन सकिन्छ।

 अन्ततः, तेल्हा पोखरी सरसफाइ र वृक्षारोपण अभियानले जनकपुरधाममा सकारात्मक नागरिक चेतना र साझा उत्तरदायित्वको संस्कार स्थापित गरेको देखिन्छ।

जय सरसफाइ, जय वृक्षारोपण

जय जनकपुरधाम।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज जनकपुरधाम, कार्तिक २ गते   सामाजिक उत्तरदायित्व र नागरिक सचेतना अभिवृद्धिका उद्देश्यले ममत..

  राष्ट्रिय आवाज  जनकपुरधाम ,असोज २९ गते,बुधबार  मधेश प्रदेशमा नयाँ सरकार गठन भएको छ। लोकतान्त्रिक समाजवादी ..

  राष्ट्रिय आवाज असोज २९, जनकपुरधाम। मधेश प्रदेशका नी वर्तमान मुख्यमन्त्री सतीस कुमार सिंह र प्रदेशसभा सदस्य त..

  राष्ट्रिय आवाज,असोज २८ गते  निर्वाचन आयोग, नेपालले जनस्वराज पार्टी (संक्षिप्तमा जस्वपा) लाई आधिकारिक रूपमा द..

   ओ पी साह  जनकपुरधाम , असोज २७ गते , सोमबार    मधेश प्रदेशमा जलवायु परिवर्तन, कृषि प्रणाली र कृषिमा युवाको ..