झोलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको नयाँ आकर्षण

11 महीना पहिले प्रकाशित

इन्द्र भुषण यादब 

जनकपुरधाम, असाेज १६ गते 

 

सिरहा र धनुषाको जनक नन्दिनी गाउँपालिका– ६ कठाल जोड्ने गरी निर्माण भएको पुलको कमला खोला काे बीचमा कलकल बगेको पानी र माथि झुलिरहेको झोलुङ्गे पुल । रङ्गीबिरङ्गी झण्डा सँग सजिएको यो पुल अहिले गाउँको नयाँ आकर्षण बनेको छ ।

 

धनुषाको कमला नदीमा बनेको झोलुंगे पुल हेर्न दिनहुँ हजारौँको संख्यामा सर्वसाधारण आउने गरेका छन् । नेपालकै सबैभन्दा लामो झोलुंगे पुलको रुपमा रहेको पुल हेर्नका लागि धनुषा, सिरहाका विभिन्न स्थान तथा भारतको बिहार राज्यबाट पटना सम्मका सर्वसाधारणहरु हेर्नेको घुइँचो नै लागेको हुन्छ ।

 

एक हजार पाँच सय दशमलव ४४ मिटर लम्बाइ र १.२ मिटर चौडाइ रहेको यो नेपालकै सबैभन्दा लामो पुल भएको दाबी गरिएको छ ।

 

पहिले साधारण देखिने पुल अहिले फोटोग्राफी प्रेमी र आन्तरिक पर्यटकका लागि आकर्षकस्थल बनेको छ । 

 

संघीय सरकारको सस्पेन्सन ब्रिज डिभिजनको २८ करोड रुपैयाँ लागतमा थानी निर्माण सेवा काठमाडौंले यो निर्माणको ठेक्का लिएको थियो । १ असोज ०७९ देखि निर्माण सुरु गरिएको पुल निर्माण ठेक्का अवधिभन्दा ६ महिना अगावै सकिएको हो । पूलको भारवहन क्षमता ५४० मेट्रिक टन (करिब ३,८८६ पदयात्री) छ ।

 

पुल सञ्चालनमा आएसँगै धनुषाको पूर्वी भेग सहित प्रदेशको राजधानी जनकपुर र सिरहाका विभिन्न ठाउँमा आवत–जावत गर्न सहज भएको छ ।पुलमा सजावट गरिएपछि दैनिक हजारौं मानिस घुम्न आउन थालेका छन् । फोटो खिच्नेको भीडले गाउँमा नयाँ उत्साह ल्याएको स्थानीयहरु बताए। 

 

पुल पर्यटकको गन्तव्य बनेको नै छ’ उनले भने, ‘गाउँका बासिन्दाको आय आर्जनमा वृद्धि हुन थालेको छ, गाउँमा उत्पादन भएका फलफूल, खाद्य सामग्री बिक्री हुन थालेका छन ।’

 

पुलमै मोबाइल फोनको क्यामेरामा सेल्फी लिँदै गरेका भेटिएका धर्मनाथ यादव भन्छन्, ‘पहिले हाम्रो गाउँ सामान्य मात्र थियो, तर अब पुलले नयाँ पहिचान दिएको छ, यो केवल फोटो खिच्ने ठाउँ मात्र रहेन, हाम्रो गाउँको पर्यटन विकासको आधार बन्न थालेको छ ।’

उनले अगाडि थप्दै भने, ‘पहिले यहाँ कोही आउँदैनथ्यो, अब त फोटो खिच्न मात्र नभई रमाउन आउनेको पनि भीड लाग्छ ‘।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..