अर्गानिक भविष्यको बाटो : राम पुकार यादवको गँड्यौला मल उत्पादन यात्रा

9 महीना पहिले प्रकाशित

 

ओ पी साह, राष्ट्रिय आवाज 

जनकपुरधाम, असोज २२ गते

 

गणेशमान चारनाथ नगरपालिका–१० का किसान राम पुकार यादवले गाउँकै गोठालो बारीमा एउटा फरक सपना बुनेका छन्। सुरुवात साधारण थियो गँड्यौला, बाँस, प्लास्टिक र गोबरको भरमा एउटा नयाँ प्रयोग। तर यही प्रयोग अहिले अर्गानिक खेतीतर्फ गाउँ लाई मोड्ने यात्रामा बदलिएको छ भने एउटा युनिक पहिचान स्थापित समेत गरेका छन।

 

* सुरुवाती संघर्ष

 

फागुन २०७७। कोरोना महामारीले सबैतिर निराशा छाएको बेला यादवले २० हजार रुपैयाँको सानो लगानीमा कम्पोस्ट बेड बनाए। गाउँलेहरू हाँस्दथे, “गँड्यौला पालेर के धानिन्छ?” तर यादव दृढ थिए।

“रासायनिक मल भन्दा सुरक्षित र दीर्घकालीन मल यही हो भन्ने विश्वास थियो,” उनी सम्झन्छन्।आज उनले उत्पादन गरेको मल २५ रुपैयाँ किलोमा बिक्री हुँदैछ। माग यति बढेको छ कि अहिले उत्पादन नै कम पर्छ। दुई जनालाई रोजगारी दिन थालेका यादव भन्छन्, “सुरुवाती दुःख अहिले मीठो फल दिन थालेको छ।”

 

* हौसला दिने हातहरू

 

यादवको संघर्ष देखेर सरसफाइ अभियन्ता धीरेन्द्र कुमार साह स्थलगत पुगे साह भन्छन्,

“यो त केवल मल उत्पादन मात्र होइन, पर्यावरण जोगाउने काम हो। अर्गानिक खेती अबको आवश्यकता हो।”

 

त्यस्तै, पत्रकार मुकेश ठाकुर पनि बारीमा पुगे उनले रिपोर्टिङ मात्र गरेनन्, यादवलाई प्रोत्साहन पनि दिए।“संघर्ष लाई कथा बनाउन सक्ने शक्ति तपाईंमा छ, यसलाई छाड्नु हुँदैन,” ठाकुरले भने ।यी शब्दहरूले यादवको आत्मबल अझै बढायो।

 

* परिवर्तनको बाटो

संयुक्त राष्ट्र विकास कार्यक्रम (UNDP) को सानो सहयोगबाट सुरु भएको यो परियोजना अहिले गाउँकै गर्व बनेको छ। पहिले उपेक्षित देखिएको गँड्यौला मल, अहिले भने धान, तरकारी र बगैंचामा प्रयोगका लागि माग बढ्दै गएको छ।यादव भन्छन्, “सुरुवाती दिनमा उपहास र कठिनाइ धेरै थिए, तर जब खेतमा उत्पादन बढेको देख्छु, लाग्छ संघर्ष खेर गएको छैन।”

 

* सामूहिक भविष्य

 

गाउँका युवाहरू अहिले अर्गानिक खेतीतर्फ आकर्षित हुन थालेका छन्। यादवको बारी धेरैका लागि ‘जीवित प्रयोगशाला’ बनेको छ। रासायनिक मलको विकल्प खोज्दै, उनीहरू गँड्यौला मलको सम्भावना तर्फ अघि बढिरहेका छन्।

प्रेरणा र संघर्षले सुरुवात गरेको यो यात्रा अब सम्भावनाले भरिएको छ—र गाउँलेहरूलाई अर्गानिक भविष्य तर्फ लैजाँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,असार २९ गते    जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि २ अ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार २५ गते    धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२४ मा कार्यवाहक वडा अध्यक..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार २४ गते  धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२४ स्थित श्री गोगल प्रसाद नम..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार २१ गते  जनकपुरधाम उपमहानगरपालिकाको कृषि तथा पशुपन्छी विकास शाखाको आयोज..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार २१ गते    धनुषाको विदेह नगरपालिका–७, योगियाडास्थित श्री भगवती आधारभूत..