महोत्तरीमा बाढी प्रभावित लाई राहत वितरण

1 वर्ष पहिले प्रकाशित

राष्ट्रिय आवाज 

महोत्तरी, असोज २३ गते

 

असोज १८ र १९ गरेका दिन लगातारको वर्षापछि आएको भीषण बाढीले प्रभावित महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका क्षेत्रका बाढी बाट प्रभावित गरीब, विपन परिवारहरू लाई राहत वितरण गरिएको छ। सेभ द चिल्ड्रेनको सहकार्यमा रतौली युवा क्लबले बुधबार ९० बाढीपीडित परिवारलाई राहत सामग्री वितरण गरेको हो।

 

गत शनिबार र आइतबार रातु नदीमा आएको बाढीले जलेश्वरका वडा नं. १, २ र ८ मा विशेष गरी ठूलो क्षति पुर्‍याएको थियो। घर, गोठ र बाली डुबानमा परेपछि स्थानीयहरू कष्टकर अवस्थामा बस्न बाध्य भएका थिए।

 

रतौली युवा क्लबका संस्थापक अध्यक्ष वैद्यनाथ चौधरीका अनुसार प्रत्येक परिवारलाई करिब १० हजार रुपैयाँ बराबरको गैर–खाद्य राहत सामग्री वितरण गरिएको हो।“हामीले पीडित परिवारलाई शेल्टर किट, हाइजिन किट, पानी फिल्टर, एलुमिनियम म्याट, पातलो कम्बल र भान्सा बनाउने भाडा वर्तन किट एक सेट उपलब्ध गराएका छौं,” चौधरीले बताए।

 

उनका अनुसार पहिलो चरणमा ९० परिवारलाई राहत वितरण गरिएको हो भने बाँकी प्रभावित परिवारहरूलाई पनि चाँडै राहत पुर्याउने तयारी भइरहेको छ।राहत वितरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वयंसेवक र बाढीपीडित समुदायका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।

 

 

बाढीले दुःखी परिवारका अनुहारमा राहतको मुस्कान ल्याउन सहयोगी हातहरू अघि बढिरहेका छन् — यही सामूहिक प्रयास विपद्‌ व्यवस्थापनको सशक्त उदाहरण बनेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    दीपक श्रेष्ठ मण्डल  राष्ट्रिय आवाज  जनकपुरधाम, असोज २६ गते जनकपुरधाम उपमहानगरपालिका–३ मा राष्ट्रिय à¤..

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..