मधेस भवन अगाडि सात दलको विरोध प्रदर्शन मुख्यमन्त्री नियुक्ति असंवैधानिक भन्दै नाराबाजी

10 महीना पहिले प्रकाशित

राष्ट्रिय आवाज 

 जनकपुरधाम, कार्तिक २६ गते ,बुधबार

 

मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्ति असंवैधानिक भएको भन्दै सात दलीय गठबन्धनका सांसद र कार्यकर्ताहरूले बुधबार बिहानदेखि मधेस प्रदेश भवनको गेट अगाडि विरोध प्रदर्शन सुरु गरेका छन्।

 

प्रदर्शनकारीहरूले ‘मुख्यमन्त्री नियुक्ति खारेज गर’, ‘संविधान मिच्न पाइदैन’ लगायतका नाराबाजी गरेका थिए। उनीहरूले असंवैधानिक रूपमा सरकार गठन गरिएको भन्दै त्यसको विरोधमा धर्ना दिएका हुन्।

प्रदर्शनका क्रममा कार्यकर्तामाथि लाठीचार्ज गरिएको घटनाको प्रती नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जिल्ला समिति धनुषा अध्यक्ष राज कुमार यादबले तीव्र विरोध गरिएको छ।

 

धर्नामा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा नेपाल, लोसपा, जनमत पार्टी, र एकीकृत समाजवादीलगायत दलका सांसद र नेताहरू सहभागी थिए।

लगातारको प्रदर्शनका कारण मधेस भवनअगाडिको सडकमा सवारी आवतजावतमा कठिनाइ भएको स्थानीयहरूले बताएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..