मोडर्न नेपाल इङ्लिस बोर्डिङ स्कुलमा फुड फेस्टिभल

11 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम — मोडर्न नेपाल इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीको अतिरिक्त सिकाइ कार्यक्रमअन्तर्गत फुड फेस्टिभल आयोजना गरेको छ। फेस्टिभलमा विद्यार्थीहरूले माछा, भात, दाल, दही, भुजिया, तरुवा, पापड लगायत मिथिलाको स्वाद झल्काउने परिकार प्रदर्शित गरेका थिए।

 

विद्यालयका प्रिन्सिपल दिपक ठाकुरका अनुसार ‘मिथिलाञ्चलको मिठास, संस्कृतिको पहिचान’ भन्ने नारासहित गरिएको फेस्टिभलले विद्यार्थीमा खाना पकाउने सीप, समन्वय क्षमता र प्रस्तुतीकरण कौशल विकासमा सहयोग पुग्ने विश्वास छ।

 

कार्यक्रमको उद्घाटन जानकी मन्दिरका महन्त राम रोशन दास वैष्णवले गरेका थिए। फेस्टिभलमा अभिभावक, शिक्षक तथा स्थानीयको उल्लेख्य सहभागिता थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..

  सरोज मल्लिक  राष्ट्रिय आवाज जनकपुरधाम, असोज १६ गते सुक्रबार  धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधामको सरसफाà..