मोडर्न नेपाल इङ्लिस बोर्डिङ स्कुलमा फुड फेस्टिभल

2 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम — मोडर्न नेपाल इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीको अतिरिक्त सिकाइ कार्यक्रमअन्तर्गत फुड फेस्टिभल आयोजना गरेको छ। फेस्टिभलमा विद्यार्थीहरूले माछा, भात, दाल, दही, भुजिया, तरुवा, पापड लगायत मिथिलाको स्वाद झल्काउने परिकार प्रदर्शित गरेका थिए।

 

विद्यालयका प्रिन्सिपल दिपक ठाकुरका अनुसार ‘मिथिलाञ्चलको मिठास, संस्कृतिको पहिचान’ भन्ने नारासहित गरिएको फेस्टिभलले विद्यार्थीमा खाना पकाउने सीप, समन्वय क्षमता र प्रस्तुतीकरण कौशल विकासमा सहयोग पुग्ने विश्वास छ।

 

कार्यक्रमको उद्घाटन जानकी मन्दिरका महन्त राम रोशन दास वैष्णवले गरेका थिए। फेस्टिभलमा अभिभावक, शिक्षक तथा स्थानीयको उल्लेख्य सहभागिता थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    ईन्द्र भुषण यादब  जनकपुरधाम, माघ १४ गते    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच..

  राष्ट्रिय आवाज जनकपुरधाम, माघ १३ गते — शहिद नगर पालिका अन्तर्गत श्री ज. ए. मा. वि. यदुकहामा शैक्षिक सुधारका माग..

  ईन्द्र भुषण यादब  जनकपुरधाम, माघ १३ गते आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै..

  ईन्द्र भुषण यादव जनकपुरधाम, माघ ८ गते मधेश प्रदेशमा महिला हिंसा तथा अपराध जन्य घटनामा पीडितको पक्षबाट निःशुल..

    राष्ट्रिय आवाज जनकपुरधाम, माघ ७ गते धनुषा चेम्बर अफ कमर्सका अध्यक्ष विजय कुमार साहले नेकपा (एमाले) का नेता म..