निरंकारी मिशन द्वारा मनि मण्डप क्षेत्रमा सरसफाइ

23 दिन पहिले प्रकाशित

 

सन्तोष महतो 

जनकपुरधाम, मंसिर ६ गते, सनिवार 

 

प्रसिद्ध धार्मिक पर्व विवाह पञ्चमी महोत्सवको शुभ उपलक्ष्यमा आज जनकपुरधामका पवित्र स्थलहरू — मनिमण्डप, पापमचनी कुण्ड, पापमोचन पोखरीलगायत माता जानकीको दिव्य विवाह विधि सँग सम्बन्धित महत्वपूर्ण स्थानहरूमा सरसफाइ अभियान सञ्चालन गरिएको छ।

 

सन्त निरंकारी मिशन १४०१ युनिटका सेवादलको सक्रिय सहभागितामा सम्पन्न अभियानमा नागरिक समाज, स्थानीय युवा, सरसफाइ अभियन्ता तथा विभिन्न सामाजिक संघ–संस्था प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

एक दिने यो सरसफाइ कार्यक्रम विवाह पञ्चमी महोत्सवमा आउने भक्तजन तथा पर्यटकलाई स्वच्छ, सुरक्षित र आकर्षक वातावरण प्रदान गर्ने उद्देश्यले सम्पन्न गरिएको आयोजकहरूले जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

राष्ट्रिय आवाज  धनुषा, २९ मंसिर – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, धनुषा जिल्ला समितिको जिल्ला स्तरीय विस..

  विशाल साह  ललितपुर, २९ मंसिर   खाद्य तथा कृषि संगठन (एफएओ) र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको संयुक्त आयो..

राष्ट्रिय आवाज जनकपुरधाम, २९ मंसिर ।   पोखरा भ्रमण वर्ष २०२५ तथा आउँदै गरेको २७औँ पोखरा सडक महोत्सवको प्रचार–..

  राष्ट्रिय आवाज  जनकपुरधाम, २८ मंसिर । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) जनकपुरधाम उप–महानगरपालिकाको ..

     राष्ट्रिय आवाज सिरहा, मंसिर २८ गते   ग्लोबल एक्सन नेपालको आयोजनामा सिरहा नगरपालिका–१७ माडरमा सामाज..