निरंकारी मिशन द्वारा मनि मण्डप क्षेत्रमा सरसफाइ

9 महीना पहिले प्रकाशित

 

सन्तोष महतो 

जनकपुरधाम, मंसिर ६ गते, सनिवार 

 

प्रसिद्ध धार्मिक पर्व विवाह पञ्चमी महोत्सवको शुभ उपलक्ष्यमा आज जनकपुरधामका पवित्र स्थलहरू — मनिमण्डप, पापमचनी कुण्ड, पापमोचन पोखरीलगायत माता जानकीको दिव्य विवाह विधि सँग सम्बन्धित महत्वपूर्ण स्थानहरूमा सरसफाइ अभियान सञ्चालन गरिएको छ।

 

सन्त निरंकारी मिशन १४०१ युनिटका सेवादलको सक्रिय सहभागितामा सम्पन्न अभियानमा नागरिक समाज, स्थानीय युवा, सरसफाइ अभियन्ता तथा विभिन्न सामाजिक संघ–संस्था प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

एक दिने यो सरसफाइ कार्यक्रम विवाह पञ्चमी महोत्सवमा आउने भक्तजन तथा पर्यटकलाई स्वच्छ, सुरक्षित र आकर्षक वातावरण प्रदान गर्ने उद्देश्यले सम्पन्न गरिएको आयोजकहरूले जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..