भ्रष्टाचार नियन्त्रण र सुशासन आजको मुख्य आवश्यकता : पूर्व प्रधानमन्त्री नेपाल

11 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज

जनकपुरधाम, मंसिर ६ गते

 

पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले जेञ्जी आन्दोलन समयका मुख्य माग—भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र सामाजिक सञ्जालमा लगाइएका प्रतिबन्ध तत्काल फुकुवा पूर्ण रूपमा जायज रहेको बताएका छन्।

उनी आज राष्ट्रिय आवाज सँगको विशेष अन्तरवार्तामा बोल्दै, “जनताको आवाज सुन्नु सरकारको दायित्व हो,” भन्दै आन्दोलनले उठाएका प्रश्नहरू वैधानिक र आवश्यक रहेको टिप्पणी गरे।

 

अर्को प्रसङ्गमा उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्व शैली प्रति कटाक्ष गर्दै भने, “ओलीजी अहंकार र दम्भमा डुब्ने स्वभावका हुन्। अरूको सुझाव सुन्न नचाहने, आलोचना मन नपराउने प्रवृत्तिका कारण देशले धेरै आन्दोलन र अनावश्यक क्षति बेहोर्नुपर्यो।”

 

नेपालले विगतका निर्णय र व्यवहारहरूले जनभावना बेवास्ता गरेको उल्लेख गर्दै थपे, “देश बनाउन सबैको हातेमालो आवश्यक छ। राजनीतिक इच्छा शक्तिका साथमा राजनीतिक दल, नागरिक समाज र युवा पुस्ताले एकसाथ काम गरे मात्र वास्तविक परिवर्तन सम्भव छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    दीपक श्रेष्ठ मण्डल  राष्ट्रिय आवाज  जनकपुरधाम, असोज २६ गते जनकपुरधाम उपमहानगरपालिका–३ मा राष्ट्रिय à¤..

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..