मधेश प्रदेशको स्वास्थ्य सुधारका लागि तीन तहको सहकार्य अपरिहार्य: मुख्यमन्त्री यादव
22 दिन पहिले प्रकाशित
राष्ट्रिय आवाज
जनकपुरधाम , मंसिर ७ गते आईतबार
मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशको समग्र स्वास्थ्य सेवा सुधारका लागि संघ, प्रदेश र स्थानीय तहबीच मजबुत सहकार्य अपरिहार्य रहेको बताएका छन्।
मधेश प्रदेश स्वास्थ्य निर्देशनालय द्वारा जनकपुरधाममा आयोजित तीन दिवसीय वार्षिक समीक्षा कार्यक्रमको समापन समारोह लाई प्रमुख आतिथ्यको रुपमा सम्बोधन गर्दै उहाँले प्रदेश सरकारले प्रभावकारी स्वास्थ्य नीति निर्माण तथा कार्यान्वयनमा पूर्ण प्रतिबद्धता जनाएको स्पष्ट पार्नुभयो।
मुख्यमन्त्री यादवले स्वास्थ्य क्षेत्र समृद्ध बनाउन प्रदेशका सबै तहका सरकार, स्वास्थ्यसम्बन्धी निकाय, दातृ संस्था तथा विज्ञहरूको नियमित समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले मधेश प्रदेश भरका पालिकाहरूले सञ्चालन गरिरहेका उत्कृष्ट स्वास्थ्य सेवाले प्रदेशलाई नयाँ सम्भावना तर्फ अघि बढाइरहेको धारणा पनि राख्नुभयो।
कार्यक्रममा मधेश प्रदेश स्वास्थ्य निर्देशक सरोजचन्द्र न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य क्षेत्रको वार्षिक प्रगतिबारे पेश गरिएको प्रतिवेदन पछि उत्कृष्ट प्रदर्शन गर्ने पालिका, अस्पताल तथा स्वास्थ्य कार्यालयहरूलाई यस वर्ष पनि विशेष सम्मान प्रदान गरिएको थियो।
* उत्कृष्ट स्वास्थ्य सेवा सञ्चालन गर्ने पालिका
प्रथम: सर्लाही — लालबन्दी नगरपालिका
दोस्रो: सर्लाही — हरिपुर नगरपालिका
तेस्रो: सर्लाही — विष्णुपुर गाउँपालिका
नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा स्वास्थ्य शाखा प्रमुखलाई मुख्यमन्त्रीले दोसल्ला र सम्मानपत्र प्रदान गर्नुभयो।
* प्रादेशिक अस्पतालतर्फ
प्रथम: गौर अस्पताल
दोस्रो: जलेश्वर
तेस्रो: सिरहा अस्पताल
*जिल्लागत स्वास्थ्य कार्यालयतर्फ
प्रथम: पर्सा
द्वितीय: सर्लाही
तृतीय: महोत्तरी
* आयुर्वेद सेवातर्फ
प्रथम: पर्सा
द्वितीय: बारा
तृतीय: महोत्तरी
*संस्थागत अस्पतालतर्फ
प्रथम: बर्दिबास अस्पताल
कार्यक्रममा प्रदेशका स्वास्थ्य संस्थाका प्रमुखहरू, स्वास्थ्य विज्ञहरू तथा दातृ निकायका प्रतिनिधिहरूको उपस्थिति थियो।
मुख्यमन्त्री यादवले मधेश प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका चुनौती समाधानका लागि आउने दिनमा अझ योजना बद्ध पहल अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। तीन दिने कार्यक्रममा उलेख्य सहभागिताको साथमा आज सम्पन।