नेकपा एमालेको मेलुङग गाउँपालिका कमिटी गठन, अध्यक्षमा अक्विका गोले सर्वसम्मत चयन

4 वर्ष पहिले प्रकाशित

दिपक बस्नेत
कात्तिक १० तामाकोशी ।
मेलुङग गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को वडा कमिटी हुदै पालिका कमिटी गठन भएको छ ।
आज भएको कार्यक्रम मार्फत नेकपा एमालेका नेता अम्विका गोलेको अध्यक्षतामा ७५ सदस्यीय पालिका कमिटी गठन भएको हो । मेलुङग गाउँपालिकाको वडा नम्बर ४ भेड्पु बुद्धचोकमा भएको कार्यक्रममा उपाध्यक्ष ललित बहादुर बस्नेत, सचिव नबराज खड्का, सहसचिवमा सोभा पोखरेल र भिमबहादुर मगर चयन हुनुभएको छ । पालिका कमिटीमा पालिका भित्रका सम्पुर्ण वडालाई समेटेर ७५ जनाको कमिटी गठन भएको हो ।
नव र्निवाचित पदाधिकारीलाई प्रतिनिधि सभा सांसद तथा पुर्व संचार तथा सूचना प्रविधि मन्त्री पर्वत गुरुङग, बागमती प्रदेश कमिटी सदस्य तथा प्रतिनिधि सभा सांसद शान्ति पाख्रिन लगाएतले टीका तथा मलालगाएर बधाई तथा शुभकामना दिनु भएको थियो । नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष ईश्वर चन्द्र पोखरेलले सपथ ग्रहण गरानु भएको थियो । पालिका भित्रका सात वटै वडामा कमिटी गठन भइसकेको छ । कार्यक्रममा भिविन्न पार्टी परित्यग गरि दर्जन भन्दा बढि नेता कार्यकर्ता एमाले प्रबेश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज, जनकपुर धाम    ग्लोबल एक्सन नेपाल द्वारा धनुषाको लक्ष्मिनिया गाउँपालिका–सपहीमा सामाजिक ..

    राष्ट्रिय आवाज जनकपुर धाम,कार्तिक ११ गते    ‘स्वास्थ्य र सिर्जनशील युवाको लागि खेलकुद, खेलकुदका लागि ..

  राष्ट्रिय आवाज जनकपुरधाम, कार्तिक ११ गते जनकपुरधाम उपमहानगरपालिकामा कार्यरत भेटेरिनरी डाक्टर अमर कुमार साह..

राष्ट्रिय आवाज बर्दिवास, महोत्तरी ,कार्तिक १० गते नेपाल रेडक्रस सोसाइटी बर्दिवास उपशाखा अन्तर्गतको बर्दिवास रक..

  राष्ट्रिय आवाज      जनकपुरधाम, कार्तिक १० गते  जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको तेलहा पो..