कृत्रिम विवादले घर निर्माण रोकियो — शिक्षक यादवको पत्रकार सम्मेलनमा गुनासो

9 महीना पहिले प्रकाशित

राष्ट्रिय आवाज 

जनकपुरधाम, १०मंसिर 

धनुषाको गणेशमान चारनाथ नगरपालिका–११ का शिक्षक शम्भु कुमार यादवले आफूले कानुनी प्रक्रिया पूरा गरी खरिद गरेको जग्गामा निरन्तर अवरोध पुर्याउँदा निर्माण कार्य नै रोकिनुको पीडा पत्रकारहरू सामु राखेका छन् भने न्यायका लागि सार्वजनिक अपील समेत गरेका छन।

 

रिपोर्टर क्लब जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले सबैला नगरपालिका–१२ का हरिचन ठाकुर बरहीका छोरा राजकुमार ठाकुर बरहीको नाममा दर्ता रहेको ५ कठ्ठा १० धुर जग्गा विधिपूर्वक खरिद गरेको स्पष्ट गरे। राजकुमार ठाकुरले सो जग्गा यसअघि टुनु ठाकुर बरही बाट किनेको कागजात सहित जानकारी गराए।

 

उनका अनुसार घर निर्माणका लागि पुरानो भवन भत्काउँदै गर्दा टुनु ठाकुरको परिवारले अनावश्यक विवाद उठाउँदै निरन्तर निर्माण रोक्दै आएको छ। यादवले भने, “टुनु ठाकुरले यो जग्गा पहिले नै राजकुमार लाई बेचेका थिए। त्यस्तै, उहाँका दाइ रामनारायण ठाकुरको ६ कठ्ठा १३ धुर जग्गा पनि मैले श्रीमतीको नाममा खरिद गरेको हुँ। तर मैले किनिसके पछि विभिन्न कृत्रिम विवाद सिर्जना गरिँदैछ।”

 

यादवका अनुसार टुनु ठाकुरले “यो मोहीको जग्गा हो” भन्ने झूटो दाबी गर्दै जबरजस्ती अवरोध गरिरहेका छन्। “जग्गा सम्बन्धी मुद्दाको फैसला पनि मेरो पक्षमै भइसकेको छ। अदालतको आदेश र प्रहरीको निर्णयसमेत बेवास्ता गर्दै निर्माण रोकिएको छ,” उनले दुःख व्यक्त गरे।

 

शिक्षक भएको नाताले कुनै सामाजिक विवादमा संलग्न हुन चाहेको छैन भन्दै यादवले कानुनी आधार, कागजात र अदालती निर्णय अनुसार आफ्नो हक दाबी गरिरहेको बताए। उनले भने, “न्यायिक आदेश नमानेपछि, जबरजस्ती कब्जा गर्ने प्रयास बढेपछि म बाध्य भएर पत्रकार मार्फत न्यायिक सहयोग माग्न आएको हुँ।”

 

यादवले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै निर्माण कार्य सहज हुने वातावरण बनाउन आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..