विवाह पञ्चमी महोत्सवमा प्रहरीद्वारा ६८ जना पाकेटमार नियन्त्रण, ७ जनामाथि थप अनुसन्धान

9 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज

जनकपुरधाम, धनुषा, मंसिर ११ गते

 

श्री सीताराम विवाह पञ्चमी महोत्सव–२०८२ मा भीड व्यवस्थापन र आपराधिक गतिविधि नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय धनुषाले सादा पोशाकका प्रहरी सहित व्यापक सुरक्षा व्यवस्था अपनाएको थियो। महोत्सवको भीडभाड लाई लक्षित गर्दै संचालन गरिएको निगरानीका क्रममा चोरी तथा पाकेटमारीमा संलग्न रहेको आशंकामा ६८ जना लाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

जिल्ला प्रहरी कार्यालयका अनुसार नियन्त्रणमा परेकामध्ये महिला १३ जना र पुरुष ५५ जना रहेका छन्।

महिलामध्ये नेपाली १ जना र भारतीय १२ जना,

पुरुषमध्ये नेपाली ३१ जना र भारतीय ३७ जना रहेका छन्।

 

प्रारम्भिक अनुसन्धानपछि ६१ जनालाई अभिभावक तथा विभिन्न संघ–संस्थाका जिम्मेवार व्यक्तिहरूको जिम्मामा छोडिएको छ।

तर ७ जनामाथि — ३ जना नेपाली पुरुष र ४ जना भारतीय पुरुष — थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

१ लाख २७ हजार नगद तथा सुन–चाँदीका गरगहना बरामद

* प्रहरीले नियन्त्रणमा परेकाहरूको साथबाट नगद रु. १,२७,०८४,

१५ थान मोबाइल फोन,१२ थान मंगल सूत्र तथा अन्य सुन जस्ता गरगहना,३ थान चाँदीका औँठी बरामद गरेको छ।

धनुषाका प्रहरी प्रमुख एसपी रुगम बहादुर कुँवरका अनुसार महोत्सवमा ठूलो भीड हुने भएकाले चोरी र पाकेटमारी जस्ता आपराधिक गतिविधि रोकथामका लागि वर्दीधारी तथा सादा दुवै किसिमका प्रहरी व्यापक संख्यामा परिचालन गरिएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..