राजनीतिक परिवर्तन पर्याप्त छैन, अब आर्थिक–सामाजिक सशक्तीकरण आवश्यक : अध्यक्ष यादव

9 महीना पहिले प्रकाशित

 

मोनु गुप्ता 

जनकपुरधाम, मंसिर १३ गते 

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा पटक–पटक राजनीतिक परिवर्तन भए पनि आर्थिक र सामाजिक रुपान्तरण हुन नसकेको बताएका छन्।

 

शनिबार जनकपुरधाममा आयोजित दलित, पिछडावर्ग, थारु, आदिवासी तथा अल्पसंख्यक (डोटिम) परिसंघ धनुषा द्वारा आयोजित जिल्ला स्तरीय वृहत अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष यादवले राजनीतिक परिवर्तनले मात्र देश समृद्ध नहुने स्पष्ट पारे।

 

उनका अनुसार, समाजिक तथा आर्थिक क्षेत्रमा ठोस परिवर्तन नगरेसम्म परिवर्तनको प्रभाव जनजीवनमा महसुस हुने छैन। “अबको क्रान्ति आर्थिक र सामाजिक रुपान्तरणका लागि हुनुपर्छ, त्यसको नेतृत्व डोटिम परिसंघले लिनुपर्छ,” उनले भने।

 

समाजको तल्लो तहमा रहेका समुदायहरूको अवस्था सुधार नभएसम्म राजनीतिक उपलब्धिको सार्थकता नहुने अध्यक्ष यादवको तर्क थियो। समाजमा रहेको विकृति–विसंगति अन्त्य नगरी लोकतन्त्र बलियो नबन्ने उल्लेख गर्दै उनले दलित, पिछडावर्ग र अल्पसंख्यकहरू लाई सत्तादेखि निर्णय प्रक्रिया सम्म पहुँच दिलाउनुपर्ने आवश्यकता औंल्याए।

 

छुट्टाछुट्टै संघर्षले समानताको अधिकार प्राप्त गर्न नसकिने बताउँदै यादवले डोटिम परिसंघ लाई सामूहिक शक्ति निर्माण गर्ने साझा मञ्चका रूपमा अघि बढ्न आग्रह गरे।

rastriyaawaj@gmail.com 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..