धनुषामा दिनानुदिन ध्वनि प्रदूषण बढ्दै, प्रशासन मौन दर्शक

14 दिन पहिले प्रकाशित

इन्द्र भूषण यादव

जनकपुरधाम, मंसिर १५

 

धनुषामा पछिल्ला दिनहरूमा ध्वनि प्रदूषण भयावह रूपमा बढ्दै गएको छ। जथाभावी म्यूजिक साउण्ड, विवाह– व्रतबन्धमा रातभर बजाइने लाउडस्पीकर तथा ग्रामीण भेगमा फैलिएको ‘डीजे आतंक’ले सर्वसाधारणको दैनिकी नै असहज बनेको स्थानीयवासी बताउँछन्। चर्को आवाजले जनजीवन प्रभावित भइरहेको स्पष्ट तथ्य हुँदाहुँदै पनि सम्बन्धित प्रशासन ‘मुख दर्शक’ बनेको व्यापक गुनासो छ।

 

विवाह, मटकोर, पूजाआजा लगायतका बहानामा अत्यधिक डेसिबलमा बजाइने साउण्ड सिस्टमिको कारण विद्यार्थीदेखि ज्येष्ठ नागरिक सम्म गम्भीर असर परेको स्थानीय बुद्धिजीवीहरू बताउँछन्।

 

धनुषाका ग्रामीण क्षेत्रमा मच्चिएको डीजेको आतंक रोक्न स्थानीय प्रशासन र प्रहरी प्रशासन अझै असफल देखिएको छ। जिल्ला प्रशासन कार्यालयले पटक–पटक

– चर्को स्वरमा डीजे बजाउन नपाइने

– राति ९ बजेसम्म मात्र हर्न बजाउन पाइने

– अश्लील तथा फोहोर गीत बजाउन निषेध

जस्ता निर्देशन जारी गरे पनि कार्यान्वयन निकै कमजोर रहेको जनगुनासो छ।

 

स्थानीयहरूको भनाइमा प्रशासनले डीजे सञ्चालक सँग स्पष्ट सहमति बनाएर निश्चित समयभन्दा बढी, मापदण्ड भन्दा कडा स्वरमा बजाउने डीजे भ्यान तत्कालै जफत गर्ने प्रावधान कडाइका साथ लागू गरे ‘डीजे आतंक’ पूर्णरूपमा नियन्त्रण गर्न सकिनेछ।

* नगर क्षेत्रमा ध्वनि प्रदूषण चरम

 

जनकपुरधामका रामानन्द चौक, शिवचोक, जनकचोक, कदम चौकदेखि प्रादेशिक अस्पताल क्षेत्रसम्म अत्यधिक ध्वनि प्रदूषण देखिन्छ। पूजापाठ, जुलूस वा विवाहका नाममा जताततै बजाइने चर्को लाउडस्पीकरले सर्वसाधारणको निन्द्रा भंग हुने र मानसिक तनाव बढ्ने गरेको अध्ययनले पनि देखाएको छ।

 

* लगातार चर्को आवाजमा बस्दा

– उच्च रक्तचाप

– हृदयघात

– निन्द्रा अभाव

– श्रवणशक्ति गुम्ने

– स्मरणशक्ति कमजोर हुने

– श्वासप्रश्वासमा समस्या

जस्ता गम्भीर रोग निम्तिन सक्ने चेतावनी दिएका छन्। विशेषगरी बालबालिका, गर्भवती, दीर्घरोगी र ज्येष्ठ नागरिक यसबाट बढी प्रभावित हुने गरेका छन्।

* कानून छ, कार्यान्वयन छैन

नेपाल सरकारले २०६९ कात्तिक १३ गते ध्वनिको गुणस्तर सम्बन्धी राष्ट्रिय मापदण्ड जारी गरेको छ।

त्यसअनुसार तोकिएको डेसिबल सीमा यसप्रकार छ।

– औद्योगिक क्षेत्र : ७५/७०

– व्यापारिक क्षेत्र : ६५/५५

– ग्रामीण आवास क्षेत्र : ४५/४०

– शहरी आवास क्षेत्र : ५५/५०

– मिश्रित क्षेत्र : ६३/४०

– शान्त क्षेत्र : ५०/४०

तर जनकपुरधाममा निर्धारित सीमा भन्दा बढी आवाज मापन भएको वातावरणविद्हरू बताउँछन्। कतिपयले त २०० डेसिबलसम्म डीजे बजाइने गरेको दाबी गरेका छन्, जुन अत्यन्त खतरनाक मानिन्छ।

 

वातावरण संरक्षण ऐन २०७६ तथा नियमावली २०७७ अनुसार प्रदेश भित्रका ध्वनि प्रदूषण नियमनको दायित्व प्रदेश सरकारको उद्योग, पर्यटन तथा वन मन्त्रालयसँग रहन्छ भने स्थानीय तह भित्रको नियमन सम्बन्धित स्थानीय तहले प्रशासनको सहयोगमा गर्नुपर्ने व्यवस्था छ।

* प्रहरीको प्रतिक्रिया

जिल्ला प्रहरी कार्यालय धनुषाले व्यवहारिक कारणले विवाह–व्रम्भ जस्ता सामाजिक क्रियाकलापमा एकाएक कडाइ गर्न गाह्रो परेको स्वीकार्दै विभिन्न निकायसँग छलफल भइरहेको जनाएको छ।

प्रहरीका अनुसार रातिको समयमा कसैले अत्यधिक चर्को आवाज बजाएमा १०० नम्बरमा फोन गर्दा तुरुन्तै कारबाही गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज  जनकपुरधाम, २८ मंसिर । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) जनकपुरधाम उप–महानगरपालिकाको ..

     राष्ट्रिय आवाज सिरहा, मंसिर २८ गते   ग्लोबल एक्सन नेपालको आयोजनामा सिरहा नगरपालिका–१७ माडरमा सामाज..

    जीवनराज  बर्दिवास, मंसिर २७ गते  बर्दिबास साहित्यिक–सांस्कृतिक प्रतिष्ठानको ७५औँ शृङ्खला (हीरक अङ्क)..

राष्ट्रिय आवाज  जनकपुरधाम, २७ मंसिर   बढ्दो मानसिक तनाव र असन्तुलित जीवनशैलीका कारण समाजमा मानसिक समस्या ती..

    राष्ट्रिय आवाज  जनकपुर धाम, मंसिर २७ गते  नेपाल फार्मेसी संघ, मधेश प्रदेश अन्तर्गत धनुषा जिल्लाको प्रथम ..