मुजेलिया विद्यालयमा १६ दिने अभियान अन्तर्गत लैङ्गिक हिंसा विरुद्ध जागरूकता कार्यक्रम

9 महीना पहिले प्रकाशित

 भागचरण यादब

मंसिर १५ गते, सोमबार

 

जनकपुरधाम उपमहानगरपालिका–१४ अवस्थित श्री माध्यमिक विद्यालय सोहनी मुजेलियामा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत एकदिने जागरूकता तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। दलान नेपालका प्रतिनिधि धर्मानन्द ठाकुर द्वारा सञ्चालन गरिएको कार्यक्रममा विद्यार्थीहरूलाई लैङ्गिक हिंसाका रूप, कारण, प्रभाव तथा न्यूनिकरणका उपायहरू बारे विस्तृत जानकारी प्रदान गरिएको थियो।

 

“प्रविधिको सही प्रयोग गरौँ: लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने मूल नारा राखी आयोजित कार्यक्रममा Good Touch & Bad Touch को पहिचान, बालबालिकाले दैनिक जीवनमा अपनाउनुपर्ने सुरक्षा उपाय, र जोखिम व्यवस्थापनका विषयमा विशेष प्रशिक्षण दिइयो। त्यसैगरी, डिजिटल युगमा तीव्र रूपमा बढ्दै गएको अनलाइन तथा साइबर हिंसाबाट सुरक्षित रहने उपाय, सावधानी तथा सतर्कता सम्बन्धी व्यावहारिक परामर्श समेत सहभागी विद्यार्थीहरूलाई दिइएको थियो।

 

कार्यक्रममा सहभागी विद्यार्थीहरूले प्रविधिको जिम्मेवार प्रयोग, लैङ्गिक हिंसा विरुद्ध स्वतःस्फूर्त रूपमा आवाज उठाउने, र सुरक्षित सामाजिक वातावरण निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

 

१६ दिने अन्तर्राष्ट्रिय अभियानलाई स्थानीय तहमा प्रभावकारी बनाउने उद्देश्यसहित आयोजित उक्त कार्यक्रम दलान नेपाल, धनुषाको सक्रिय समन्वय र विद्यालय प्रशासनको सहयोगमा सफलतापूर्वक सम्पन्न भएको विद्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..