हंसपुर–७ पर्साहीमा ‘उज्यालो भविष्य अभियान’ अन्तर्गत निःशुल्क ट्युशन कक्षा उद्घाटन

9 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज

जनकपुरधाम, मंसिर १६ गते

 

धनुषा जिल्लाको हंसपुर नगरपालिका–७ पर्साहीमा उज्यालो भविष्य अभियान अन्तर्गत निःशुल्क ट्युशन कक्षाको औपचारिक उद्घाटन गरिएको छ। शिक्षाबाट बञ्चित तथा शैक्षिक रूपमा पछि परेका समुदायका बालबालिकालाई लक्षित गर्दै सुरु गरिएको यस कक्षामा ५० जना बालबालिका सहभागी भएका छन्, जसमा सादा, मल्लिक र राउत समुदायका बालबालिका छन्।

 

उद्घाटन कार्यक्रम अभियानका संरक्षक पत्रकार मुकेश कुमार ठाकुर, स्वतन्त्र युवा अभियन्ता इन्जिनियर महेश यादव, सदस्य दिलीप सादा, असिमा सादा तथा स्थानीय समाजसेवी र अभिभावकहरूको उपस्थितिमा सम्पन्न भयो।

 

अभियान यसअघि धनुषाधाम–रामपुर, किसानपुर, सरस्वतीपुर र गणेशमान चारनाथ नगरपालिका–गोदारमा समेत सफलतापूर्वक सञ्चालन भइसकेको छ। अभियानका संयोजक नागेन्द्र महराका अनुसार हालसम्म ५ सयभन्दा बढी गरिब, दलित तथा विपन्न समुदायका बालबालिकाले निःशुल्क ट्युशनमार्फत शैक्षिक सहयोग पाएका छन्।

 

समुदायको शैक्षिक उत्थान र अवसर विस्तारमा उज्यालो भविष्य अभियान प्रभावकारी मोडेलका रूपमा अघि बढिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..