जनकपुरधाममा दुईदिने मैथिली चलचित्र तथा साहित्य प्रशिक्षण सुरु

9 महीना पहिले प्रकाशित

 

भागचरण यादव 

जनकपुरधाम, मंसिर १९ गते

 

चलचित्र तथा लोकसञ्चार प्रवर्द्धन बोर्डको आयोजनामा दुईदिने चलचित्र तथा लघु चलचित्रसम्बन्धी मैथिली भाषा तथा साहित्य प्रशिक्षण कार्यक्रम जनकपुरधाममा आज शुक्रबार सुरु भएको छ । 

 

मैथिली भाषा, साहित्य र सिर्जनशील क्षमताको विकास गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रशिक्षणलाई स्थानीय प्रतिभा अभिवृद्धिको महत्वपूर्ण प्रयासका रूपमा लिइएको छ ।

 

कार्यक्रममा बोर्डले नयाँ अभ्यासको थालनी गर्दै तीन जना विद्यार्थी—कुनाल कुमार मिश्र, स्वस्तिका मण्डल र चाँदनी खातुन—लाई प्रमुख अतिथिको रूपमा सम्मान गरेको छ । विद्यार्थीलाई नै प्रमुख अतिथिको जिम्मेवारी दिइनुले युवामा नेतृत्व क्षमता, आत्मविश्वास र सिर्जनशीलता विकास गर्ने सन्देश दिएको आयोजकको भनाइ छ ।

 

प्रशिक्षणका प्रशिक्षक चलचित्रकर्मी पुर्नेन्दु कुमार झा रहेका छन् । कार्यक्रममा एन–प्याब्सन धनुषाका अध्यक्ष दीपक ठाकुर, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, साहित्यकार श्यामसुन्दर शशी लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता चलचित्र तथा लोकसञ्चार प्रवर्द्धन बोर्डका अध्यक्ष किशोर कुमार लेखीले गरेका थिए ।

 

उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लेखीले मैथिली भाषामा आधारित चलचित्र तथा लघुचलचित्र निर्माणका लागि यस्ता प्रशिक्षण कार्यक्रम अत्यन्तै आवश्यक रहेको बताए । उनले चलचित्र निर्माणमा मैथिली पहिचान, मौलिक भाषा र स्थानीय शैलीको प्रयोगले सांस्कृतिक पहिचानलाई अझ सशक्त बनाउने उल्लेख गरे ।

 

बोर्डका सदस्य रामस्वागत चौधरीले प्रशिक्षणको उद्देश्य र महत्वबारे प्रस्ट पार्दै संवाद लेखन, स्क्रिप्ट निर्माण, साहित्यिक प्रस्तुतीकरण जस्ता पक्षमा सहभागीहरूको क्षमता अभिवृद्धि हुने बताए । यसले स्थानीय प्रतिभा र सांस्कृतिक संरक्षणमा दीर्घकालीन योगदान पुर्‍याउने उनको भनाइ थियो ।

 

कार्यक्रमको औपचारिक घोषणा बोर्डका प्रमुख प्रशासकीय अधिकृत राधेशंकर पालले गरेका थिए । दुई दिनसम्म सञ्चालन हुने यस प्रशिक्षणमा स्थानीय विद्यार्थी, सिर्जनशील युवा तथा चलचित्रकर्मीहरूको उल्लेख्य सहभागिता रहेको बोर्ड सदस्य रीना यादवले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..