जनकपुर धाममा भारतीय शास्त्रीय सभ्यता झल्किने ओडिसी नृत्य प्रस्तुति सम्पन्न

2 महीना पहिले प्रकाशित

 

ओम प्रकाश 

जनकपुरधाम, मंसिर २४ गते 

 

जनकपुरधाम स्थित मैथिली विकाष कोषको मैथिली भवनमा आयोजित भारतको प्रख्यात ओडिसी नृत्य प्रस्तुति भव्य रूपमा सम्पन्न भएको छ। भारतको महावाणिज्य दूतावास, वीरगञ्ज द्वारा आयोजित कार्यक्रममार्फत प्रसिद्ध नृत्यांगना सन्ध्या कुञ्जन मेनन दास तथा उनकी समूहले भारतीय शास्त्रीय कला–संस्कृतिको उत्कृष्ट झल्को प्रस्तुत गरे।

 

कार्यक्रमका अध्यक्ष भारतीय महावाणिज्यदूत देवीसहाय मिणाले सांस्कृतिक आदान प्रदानले भारत–नेपाल सम्बन्धलाई अझ सबल बनाउने विश्वास व्यक्त गर्दै यस्ता कार्यक्रमले दुई देशबीचको ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्बन्धलाई गहिरो बनाउने बताए। उनले दूतावासले आगामी दिनमा पनि कला, संस्कृति तथा मैत्री सम्बन्ध प्रवर्द्धनका विविध कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।

 

कार्यक्रमका प्रमुख अतिथि जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहले कला–संस्कृति कुनै राष्ट्र वा समाजको पहिचान भएको उल्लेख गर्दै भारत–नेपालबीचको सांस्कृतिक सहकार्यले आपसी सद्भाव र निकटता थप मजबुत भएको बताए। मेयर साहका अनुसार, जनकपुरधाममा यस्तो स्तरीय सांस्कृतिक प्रस्तुति हुनु स्वयंमा प्रेरणादायी छ।

 

कार्यक्रममा स्थानीय प्रशासन, समाजसेवी, कलाकार, सञ्चारकर्मी तथा सर्वसाधारणको उत्साहजनक उपस्थिति रहेको थियो। विभिन्न भाव, कथागत प्रस्तुति तथा नृत्यका रूप हरूले भरिपूर्ण ओडिसी प्रदर्शनले दर्शकहरू लाई मन्त्रमुग्ध बनाएको थियो।कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजक महावाणिज्य दूतावासले जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    ईन्द्र भुषण यादब  जनकपुरधाम, माघ १४ गते    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच..

  राष्ट्रिय आवाज जनकपुरधाम, माघ १३ गते — शहिद नगर पालिका अन्तर्गत श्री ज. ए. मा. वि. यदुकहामा शैक्षिक सुधारका माग..

  ईन्द्र भुषण यादब  जनकपुरधाम, माघ १३ गते आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै..

  ईन्द्र भुषण यादव जनकपुरधाम, माघ ८ गते मधेश प्रदेशमा महिला हिंसा तथा अपराध जन्य घटनामा पीडितको पक्षबाट निःशुल..

    राष्ट्रिय आवाज जनकपुरधाम, माघ ७ गते धनुषा चेम्बर अफ कमर्सका अध्यक्ष विजय कुमार साहले नेकपा (एमाले) का नेता म..