मानव अधिकार गोष्ठीले जनकपुरधामको आर्थिक तथा पर्यटन गतिविधि बढायो : अधिवक्ता रिंकु

7 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज

जनकपुरधाम, मंसिर २५ गते

 

जनकपुरधाममा सम्पन्न मानव अधिकार सम्बन्धी दुई दिने मंसिर २४र २५ गते भएको राष्ट्रिय गोष्ठी तथा नेपाल बार एसोसिएसनको ५१ औँ कार्यकारिणी बैठकले जनकपुरधामको आर्थिक तथा पर्यटन गतिविधिमा उल्लेखनीय प्रभाव पारेको अधिवक्ता रिंकु यादवले बताएकी छन्।

 

दुई दिने कार्यक्रममा देशभरका हजारौ वकिलहरू सहभागी भएपछि शहरमा होटेल, यातायात, स्थानीय बजार तथा धार्मिक स्थलहरूमा चहल–पहल बढेको उनको भनाइ छ। जनकपुरधामको सौन्दर्य, सरसफाइ र व्यवस्थापन प्रति सहभागीहरूको सकारात्मक प्रतिक्रिया यस वर्ष विशेष रूपमा देखा परेको उनले जनाइन्।

 

अधिवक्ता यादवका अनुसार जनकपुरधाम निरन्तर रूपमा व्यवस्थित र आकर्षक शहरी रूपतर्फ अघि बढिरहेको छ, जसले भावीमा पनि सम्मेलन, सेमिनार तथा विभिन्न राष्ट्रिय कार्यक्रमहरू आकर्षित गर्ने सम्भावना बढाएको छ।

 

“हामी वकिलहरू मानव अधिकार रक्षामा सदैव प्रतिबद्ध छौँ। समाजमा हुने कुनै पनि अन्याय र मानव अधिकार उल्लंघन विरुद्ध कानुनी लडाइँ निरन्तर जारी राख्नेछौँ,”

 अधिवक्ता रिंकु यादव, जनकपुरधाम

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,असार २९ गते    जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि २ अ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार २५ गते    धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२४ मा कार्यवाहक वडा अध्यक..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार २४ गते  धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२४ स्थित श्री गोगल प्रसाद नम..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार २१ गते  जनकपुरधाम उपमहानगरपालिकाको कृषि तथा पशुपन्छी विकास शाखाको आयोज..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार २१ गते    धनुषाको विदेह नगरपालिका–७, योगियाडास्थित श्री भगवती आधारभूत..