मानव अधिकार गोष्ठीले जनकपुरधामको आर्थिक तथा पर्यटन गतिविधि बढायो : अधिवक्ता रिंकु

3 दिन पहिले प्रकाशित

 

राष्ट्रिय आवाज

जनकपुरधाम, मंसिर २५ गते

 

जनकपुरधाममा सम्पन्न मानव अधिकार सम्बन्धी दुई दिने मंसिर २४र २५ गते भएको राष्ट्रिय गोष्ठी तथा नेपाल बार एसोसिएसनको ५१ औँ कार्यकारिणी बैठकले जनकपुरधामको आर्थिक तथा पर्यटन गतिविधिमा उल्लेखनीय प्रभाव पारेको अधिवक्ता रिंकु यादवले बताएकी छन्।

 

दुई दिने कार्यक्रममा देशभरका हजारौ वकिलहरू सहभागी भएपछि शहरमा होटेल, यातायात, स्थानीय बजार तथा धार्मिक स्थलहरूमा चहल–पहल बढेको उनको भनाइ छ। जनकपुरधामको सौन्दर्य, सरसफाइ र व्यवस्थापन प्रति सहभागीहरूको सकारात्मक प्रतिक्रिया यस वर्ष विशेष रूपमा देखा परेको उनले जनाइन्।

 

अधिवक्ता यादवका अनुसार जनकपुरधाम निरन्तर रूपमा व्यवस्थित र आकर्षक शहरी रूपतर्फ अघि बढिरहेको छ, जसले भावीमा पनि सम्मेलन, सेमिनार तथा विभिन्न राष्ट्रिय कार्यक्रमहरू आकर्षित गर्ने सम्भावना बढाएको छ।

 

“हामी वकिलहरू मानव अधिकार रक्षामा सदैव प्रतिबद्ध छौँ। समाजमा हुने कुनै पनि अन्याय र मानव अधिकार उल्लंघन विरुद्ध कानुनी लडाइँ निरन्तर जारी राख्नेछौँ,”

 अधिवक्ता रिंकु यादव, जनकपुरधाम

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    जीवनराज  बर्दिवास, मंसिर २७ गते  बर्दिबास साहित्यिक–सांस्कृतिक प्रतिष्ठानको ७५औँ शृङ्खला (हीरक अङ्क)..

राष्ट्रिय आवाज  जनकपुरधाम, २७ मंसिर   बढ्दो मानसिक तनाव र असन्तुलित जीवनशैलीका कारण समाजमा मानसिक समस्या ती..

    राष्ट्रिय आवाज  जनकपुर धाम, मंसिर २७ गते  नेपाल फार्मेसी संघ, मधेश प्रदेश अन्तर्गत धनुषा जिल्लाको प्रथम ..

  राष्ट्रिय आवाज  जनकपुरधाम, मंसिर २७ गते   जनकपुरधाम प्रशोधित पानी उद्योग व्यवसायीक संघको वार्षिक साधारण स..

  राष्ट्रिय आवाज जनकपुरधाम, मंसिर २५ गते   जनकपुरधाममा सम्पन्न मानव अधिकार सम्बन्धी दुई दिने मंसिर २४र २५ गते ..