जनकपुरधाम प्रशोधित पानी उद्योग व्यवसायीक संघको नयाँ कार्यसमिति चयन

1 दिन पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम, मंसिर २७ गते

 

जनकपुरधाम प्रशोधित पानी उद्योग व्यवसायीक संघको वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ। सभाको प्रमुख अतिथिका रूपमा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी रहनुभएको थियो।

 

साधारण सभाले संघको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। नवगठित कार्यसमितिमा अध्यक्षमा विक्रम मण्डल, उपाध्यक्षमा इन्सारुल कावारी, सचिवमा धर्मलाल मण्डल, कोषाध्यक्षमा नजामुदिन मन्सुर र सह–सचिवमा अजय कुमार साह चयन हुनुभएको छ।

त्यसैगरी सदस्यहरूमा विष्णु देव साह, बद्रुजामईल राइन् , उपेन्द्र साह, मुन्ना यादब, अमरेन्द्र कुमार दास र सुदिप यादव रहेका छन्। यसरी ११ सदस्यीय कार्यसमिति गठन गरिएको छ। संघका सल्लाहकारमा अरुण कुमार यादव र सुमन्थ लाल कर्ण तथा वरिष्ठ सल्लाहकारमा सञ्जय महासेठ रहनुभएको छ।

 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुरेन्द्र भण्डारीले प्रशोधित पानी उद्योग जनस्वास्थ्य सँग प्रत्यक्ष रूपमा जोडिएको संवेदनशील व्यवसाय भएको उल्लेख गर्नुभयो। उहाँले गुणस्तरीय पानी उत्पादन, स्वच्छता मापदण्डको पालना र उपभोक्ताको विश्वास कायम राख्न व्यवसायीहरू जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो। साथै उद्योग वाणिज्य संघले व्यवसायीका हकहितका लागि सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

 

नवनिर्वाचित अध्यक्ष विक्रम मण्डलले संघलाई अझ सशक्त र व्यवस्थित बनाउने प्रतिबद्धता जनाउँदै सबै व्यवसायीलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गर्नुभयो। उहाँले प्रशोधित पानी उद्योगमा देखिएका समस्या समाधान, सरकारी निकायसँग समन्वय तथा उपभोक्ता हितलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो।कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    जीवनराज  बर्दिवास, मंसिर २७ गते  बर्दिबास साहित्यिक–सांस्कृतिक प्रतिष्ठानको ७५औँ शृङ्खला (हीरक अङ्क)..

राष्ट्रिय आवाज  जनकपुरधाम, २७ मंसिर   बढ्दो मानसिक तनाव र असन्तुलित जीवनशैलीका कारण समाजमा मानसिक समस्या ती..

    राष्ट्रिय आवाज  जनकपुर धाम, मंसिर २७ गते  नेपाल फार्मेसी संघ, मधेश प्रदेश अन्तर्गत धनुषा जिल्लाको प्रथम ..

  राष्ट्रिय आवाज  जनकपुरधाम, मंसिर २७ गते   जनकपुरधाम प्रशोधित पानी उद्योग व्यवसायीक संघको वार्षिक साधारण स..

  राष्ट्रिय आवाज जनकपुरधाम, मंसिर २५ गते   जनकपुरधाममा सम्पन्न मानव अधिकार सम्बन्धी दुई दिने मंसिर २४र २५ गते ..