मानसिक स्वास्थ्य र जीवन सन्तुलनका लागि जीवन जीउने कला

9 महीना पहिले प्रकाशित

राष्ट्रिय आवाज 

जनकपुरधाम, २७ मंसिर 

 बढ्दो मानसिक तनाव र असन्तुलित जीवनशैलीका कारण समाजमा मानसिक समस्या तीव्र रूपमा बढ्दै गएको भन्दै ‘जीवन जीउने कला’ सम्बन्धी प्रशिक्षण प्रत्येक नागरिकका लागि आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।

 

आर्ट अफ लिभिङ्ग संस्थाको आयोजनामा युवाहरूका लागि सञ्चालन गरिएको एक साताव्यापी प्रशिक्षण कार्यक्रमको समापन तथा प्रमाणपत्र वितरण समारोहमा वक्ताहरूले नेपालसहित विश्वभर सामाजिक, आर्थिक तथा मानसिक कारणले मानिसहरू तनावग्रस्त बन्दै गएको बताए। उनीहरूको भनाइ अनुसार आत्मिक शान्ति, सकारात्मक सोच र जीवनप्रति सन्तुलित दृष्टिकोण विकास गर्न जीवन जीउने कलाको प्रशिक्षण अत्यन्त महत्वपूर्ण छ।

 

समारोहका प्रमुख अतिथि उच्च अदालत जनकपुरधामका मुख्य न्यायाधीश टेक नारायण कुँवरले न्याय क्षेत्र अत्यन्त संवेदनशील र दबाब युक्त हुने भएकाले न्यायाधीश तथा कानुनी पेशामा संलग्न व्यक्तिहरूले पनि यस्तो प्रशिक्षण लिनु आवश्यक रहेको बताए। उनले समाजमा संस्कार र संस्कृति क्षयीकरण भइरहेको अवस्थामा आर्ट अफ लिभिङ्ग जस्ता संस्थाको भूमिका महत्वपूर्ण भएको उल्लेख गरे।

 

मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रमोद कुमार यादवले विश्वका करिब ३० प्रतिशत मानिसहरू मानसिक समस्याबाट प्रभावित रहेको जानकारी दिँदै नेपालमा पनि झन्डै ३० प्रतिशत जनसंख्या मानसिक समस्याबाट ग्रसित भएको बताए। उनले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै सचेतना, प्रशिक्षण र व्यवहारिक अभ्यास आवश्यक रहेको पनि बताए।

 

आर्ट अफ लिभिङ्गका नेपाल कोर्डिनेटर देविका साहले ध्यान, योग, श्वास–प्रश्वास र जीवन कौशलसम्बन्धी कार्यक्रममार्फत मानव जीवनमा देखिएको तनाव घटाई मुस्कान फैलाउने उद्देश्यले काम गर्दै आएको जानकारी दिइन्।

 

कार्यक्रम आर्ट अफ लिभिङ्ग जनकपुरधामका अध्यक्ष अमरनाथ गुप्ताको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा राष्ट्रिय कोर्डिनेटर इन्जिनियर किशोर झा, प्रशिक्षक सुधिर कुमार ठाकुर, सुरेन्द्र महतो तथा प्रशिक्षणमा सहभागी अंशु कुमारी मुरारका, प्रीति गुप्ताले जीवन जीउने कलाको अनुभव र प्रभावबारे धारणा राखेका थिए।

 

यसै अवसरमा आर्ट अफ लिभिङ्ग संस्था लाई जनकपुरधाम उपमहानगरपालिका वडा नं. १९ वेङ्गाशिवपुरमा करिब १ करोड रुपैयाँ मूल्य बराबरको ३ कठ्ठा जग्गा दान गर्ने उमेश कुमार यादव र उनका छोरा तथा स्वास्थ्य मन्त्रालयका सचिव डा. प्रमोद कुमार यादवलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो।

 

वक्ताहरूले मानसिक स्वास्थ्यलाई व्यक्तिगत मात्र नभई सामाजिक तथा राष्ट्रिय सरोकारको विषयका रूपमा लिएर ‘जीवन जीउने कला’ जस्ता प्रशिक्षण कार्यक्रम विद्यालय, कलेज, कार्यालय र समुदाय तहसम्म विस्तार गर्नुपर्नेमा जोड दिएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..