७५औँ अङ्कमा प्रवेश गरेको बर्दिबास साहित्यिक–सांस्कृतिक प्रतिष्ठान

9 घन्टा पहिले प्रकाशित

 

 

जीवनराज 

बर्दिवास, मंसिर २७ गते 

बर्दिबास साहित्यिक–सांस्कृतिक प्रतिष्ठानको ७५औँ शृङ्खला (हीरक अङ्क) तथा चौथो भेला मिति २०८२ साल मंसिर २७ गते शनिबार बर्दिबासमा भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षता तथा बर्दिबास नगरपालिका संस्कृति तथा पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष हिरा गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

 

कार्यक्रम दुई चरणमा आयोजना गरिएको थियो । पहिलो चरणमा नियमित साहित्यिक शृङ्खला सञ्चालन भयो भने दोस्रो चरणमा बन्दसत्र (भेला) सम्पन्न गरियो । प्रतिष्ठानकी सचिव यशोदा श्रेष्ठले कार्यक्रम सञ्चालन गरेकी थिइन् भने उपाध्यक्ष जीवनस्पर्शीले स्वागत मन्तव्य व्यक्त गरे ।

 

प्रमुख अतिथि हिरा गौतमले ७५ अङ्क अंकित दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए । कार्यक्रममा प्रगतिशील लेखक सङ्घ नेपाल मधेश प्रदेश अध्यक्ष नारायण घिमिरे, बर्दिबास उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णु खड्का, बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माण आयोजना प्रमुख निर्मल घिमिरे, जनवादी लेखक सङ्घ सितामढी (भारत) का कोषाध्यक्ष मोहमद कामरुदिन नदाफलगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

 

कार्यक्रममा विभिन्न साहित्यिक तथा सामाजिक संस्थाका प्रतिनिधि, साहित्यकार, कलाकार, पत्रकार र बुद्धिजीवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कविता, गीत, गजल तथा मुक्तक वाचनले कार्यक्रमलाई साहित्यिक रूपमा समृद्ध बनाएको थियो । केदार गौतम, लिलानाथ गौतम, पूर्ण परियार, समीक्षा परियार, सपना परियार, उद्धव आचार्य ‘अविचल’, गणेश तिमिल्सिना, नारायण घिमिरे, जनक प्रसाद पौडेल, मोहमद कामरुदिन नदाफ, सुमित्रा आचार्यलगायतले आफ्ना सिर्जना प्रस्तुत गरे । शून्य समयमा जनता बहुमुखी क्याम्पसका विद्यार्थीहरूले पनि रचना वाचन गरेका थिए । सारङ्गी वादक सुमन सारङ्गीको प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनायो भने समीक्षा परियारको गायनले विशेष उत्साह थप्यो ।

 

कार्यक्रममा बोल्दै अतिथि विष्णु खड्काले महोत्तरीबाट सुरु भई मधेश प्रदेशभर सक्रिय रहँदै आएको प्रतिष्ठानको योगदानको प्रशंसा गरे । अतिथि निर्मल घिमिरेले निरन्तर मासिक कार्यक्रम सञ्चालन गर्दै आएको प्रतिष्ठानको सक्रियतालाई सकारात्मक रूपमा मूल्याङ्कन गरे ।

 

विशिष्ट अतिथि कवि तथा गजलकार पुरुषोत्तम आचार्यले कार्यक्रमको विभिन्न चरणमा आफ्ना रचना प्रस्तुत गर्दै श्रोतालाई मन्त्रमुग्ध बनाए । प्रमुख अतिथि हिरा गौतमले २०७४ सालमा स्थापना भएको यस प्रतिष्ठानले समाजमा चेतना फैलाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै नगर पर्यटन प्रवर्द्धन कोषमार्फत वार्षिक एक लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने प्रतिबद्धता जनाए । साथै उनले व्यक्तिगत रूपमा समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 

कार्यक्रमको समापनमा सभाध्यक्ष रामचन्द्र पौडेलले ७५औँ (हीरक) अङ्कसम्म आइपुग्न साहित्यप्रेमीहरूको साथ, सहयोग र समर्पण मुख्य आधार रहेको उल्लेख गर्दै सबैप्रति आभार व्यक्त गरे । साथै कार्यक्रमका लागि हल उपलब्ध गराएकोमा दीपक पार्टी प्यालेस बर्दिबासका सञ्चालक दीपक महतोप्रति धन्यवाद ज्ञापन गरे ।

 

दोस्रो चरणको बन्दसत्रमा अध्यक्ष रामचन्द्र पौडेलले कार्यकालको प्रतिवेदन प्रस्तुत गर्दै पुरानो समिति विघटन गरेपछि सर्वसम्मत रूपमा नयाँ समिति गठन गरिएको छ ।

 

नवगठित समितिमा अध्यक्ष यशोदा श्रेष्ठ, उपाध्यक्ष केदार गौतम, सचिव पवन वाग्ले, सहसचिव जीवनराज दाहाल, कोषाध्यक्ष विमला वि.क. तथा सदस्यहरूमा किशोर कुमार अधिकारी, जीवनस्पर्शी र प्रविण पौडेल रहेका छन् । बाँकी सदस्यहरू समितिको पूर्ण बैठकबाट चयन गरिने जनाइएको छ ।

 

त्यसैगरी विभागीय जिम्मेवारी अन्तर्गत काव्य विभाग संयोजक रामचन्द्र पौडेल, खोज तथा अनुसन्धान विभाग संयोजक जीवनस्पर्शी, आख्यान विभाग संयोजक लिलानाथ गौतम र प्रचारप्रसार विभाग संयोजक जीवनराज दाहाल तोकिएका छन् ।

 

कार्यक्रमको अन्त्यमा निर्वतमान अध्यक्ष रामचन्द्र पौडेलले नवनिर्वाचित अध्यक्ष यशोदा श्रेष्ठसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    जीवनराज  बर्दिवास, मंसिर २७ गते  बर्दिबास साहित्यिक–सांस्कृतिक प्रतिष्ठानको ७५औँ शृङ्खला (हीरक अङ्क)..

राष्ट्रिय आवाज  जनकपुरधाम, २७ मंसिर   बढ्दो मानसिक तनाव र असन्तुलित जीवनशैलीका कारण समाजमा मानसिक समस्या ती..

    राष्ट्रिय आवाज  जनकपुर धाम, मंसिर २७ गते  नेपाल फार्मेसी संघ, मधेश प्रदेश अन्तर्गत धनुषा जिल्लाको प्रथम ..

  राष्ट्रिय आवाज  जनकपुरधाम, मंसिर २७ गते   जनकपुरधाम प्रशोधित पानी उद्योग व्यवसायीक संघको वार्षिक साधारण स..

  राष्ट्रिय आवाज जनकपुरधाम, मंसिर २५ गते   जनकपुरधाममा सम्पन्न मानव अधिकार सम्बन्धी दुई दिने मंसिर २४र २५ गते ..