सामाजिक जवाफदेहिता उपकरण बारे एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

11 घन्टा पहिले प्रकाशित

 

 

 राष्ट्रिय आवाज

सिरहा, मंसिर २८ गते 

 ग्लोबल एक्सन नेपालको आयोजनामा सिरहा नगरपालिका–१७ माडरमा सामाजिक जवाफदेहिता उपकरणहरू (Social Accountability Tools) सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

 

कार्यक्रमको उद्देश्य स्थानीय सरोकारवाला, युवाहरू तथा शिक्षा क्षेत्रका प्रतिनिधिहरू लाई सामाजिक जवाफदेहिता उपकरण बारे जानकारी गराउनुका साथै ती उपकरणहरूको प्रयोगमार्फत शिक्षा क्षेत्रमा सुशासन र सेवा प्रवाहलाई सुदृढ बनाउने रहेको थियो।

 

कार्यक्रममा सिरहा नगरपालिका वडा नं. १७ का वडा अध्यक्ष उमेश प्रसाद यादव, वडा सदस्यहरू, विद्यालय प्र अ , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक, अभिभावक, युथ क्लब तथा बाल क्लबका प्रतिनिधिहरू गरी करिब दुई दर्जनको सक्रिय सहभागिता रहेको थियो।

 

अभिमुखी करणका क्रममा सामाजिक लेखापरीक्षण, सार्वजनिक सुनुवाइ तथा युवा–नेतृत्वमा आधारित अनुगमन जस्ता सामाजिक जवाफदेहिता अभ्यासका उपकरणहरूको विस्तृत जानकारी दिइएको थियो। सहभागीहरूले समूहगत छलफल र अनुभव आदान–प्रदान गर्दै यी अभ्यासहरू विद्यालय तहमा लागू गर्ने प्रतिबद्धता जनाएका छन्।

 

कार्यक्रममा बोल्दै श्री ब्रजमोहन झा. जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक जयचन्द्र यादवले शिक्षा शाखा प्रमुख सँग समन्वय गरी विद्यालय क्षेत्रमा सामाजिक जवाफदेहिता अभ्यासलाई संस्थागत रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। त्यसैगरी वडा अध्यक्ष उमेश प्रसाद यादवले नगरपालिकाका प्रमुखसँग समन्वय गरी सामाजिक जवाफदेहिता अभ्यासहरू सबै विद्यालयमा अनिवार्य रूपमा लागू गर्नुपर्ने आवश्यकता औंल्याए।

 

ग्लोबल एक्सन नेपालका परिक्षक मोनु गुप्ताका अनुसार कार्यक्रमले सहभागीहरूमा सामाजिक जवाफदेहिता बारे सचेतना वृद्धि गर्नुका साथै पालिका नेतृत्वबाट ठोस प्रतिबद्धता सुनिश्चित गर्न सफल भएको छ।

 

कार्यक्रमका क्रममा प्रतिबद्धता पछि निरन्तर अनुगमन तथा फलोअप सुनिश्चित गर्नु, सीमित स्रोतका कारण सबै विद्यालयमा तत्काल कार्यान्वयन गर्न कठिनाइ हुनु र अभिभावकहरूको सहभागिता सुनिश्चित गर्नु मुख्य चुनौतीका रूपमा पहिचान गरिएको छ।

 

सिफारिसका रूपमा पालिका प्रतिनिधिहरू सँग निरन्तर संवाद र पैरवी गर्ने, केही विद्यालयमा पायलट कार्यक्रम सञ्चालन गरी प्रभावकारी नमूना प्रस्तुत गर्ने तथा पुनरावलोकन अभिमुखीकरण मार्फत कार्यान्वयनलाई थप सुदृढ बनाउने सुझाव दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज  जनकपुरधाम, २८ मंसिर । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) जनकपुरधाम उप–महानगरपालिकाको ..

     राष्ट्रिय आवाज सिरहा, मंसिर २८ गते   ग्लोबल एक्सन नेपालको आयोजनामा सिरहा नगरपालिका–१७ माडरमा सामाज..

    जीवनराज  बर्दिवास, मंसिर २७ गते  बर्दिबास साहित्यिक–सांस्कृतिक प्रतिष्ठानको ७५औँ शृङ्खला (हीरक अङ्क)..

राष्ट्रिय आवाज  जनकपुरधाम, २७ मंसिर   बढ्दो मानसिक तनाव र असन्तुलित जीवनशैलीका कारण समाजमा मानसिक समस्या ती..

    राष्ट्रिय आवाज  जनकपुर धाम, मंसिर २७ गते  नेपाल फार्मेसी संघ, मधेश प्रदेश अन्तर्गत धनुषा जिल्लाको प्रथम ..