इन्सेक द्वारा ESCR छायाँ प्रतिवेदन तयारी कार्यशाला सम्पन्न

9 महीना पहिले प्रकाशित

 

 

 सरोज मल्लिक 

जनकपुरधाम, पुस १ गते 

  इन्सेकको आयोजनामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि (ESCR) सम्बन्धी छायाँ प्रतिवेदन तयारी कार्यशाला आज मंगलबार जनकपुरधाममा सम्पन्न भएको छ।

 

मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित रमा होटलमा सम्पन्न कार्यशालामा मानवअधिकार रक्षक, नागरिक समाजका अगुवा, महिला, दलित, आदिवासी/जनजाति, अपाङ्गता भएका व्यक्ति, श्रमिक, किसान तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

 

कार्यशालामा नेपालको ESCR प्रतिवद्धता, राष्ट्रिय कानुन तथा नीतिगत व्यवस्था र त्यसको व्यवहारिक कार्यान्वयन अवस्थाबारे छलफल गरिएको थियो। शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा, आवास, श्रम तथा सामाजिक सुरक्षा, स्वच्छ पानी र सरसफाइलगायत आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका विविध पक्षमा मधेश प्रदेशमा देखिएका समस्या, उपलब्धि र चुनौतीहरू प्रस्तुत गरिएका थिए।

 

सहभागीहरूले गरिबी, बेरोजगारी, सेवामा पहुँचको असमानता, सीमान्तकृत समुदायको अवस्था तथा महिला र बालबालिकामाथि पर्ने प्रभावबारे तथ्यपरक सुझाव राखेका थिए।

 

कार्यशालामा इन्सेक मधेश प्रदेश संयोजक राजु पासमानले ESCR छायाँ प्रतिवेदनको उद्देश्य, तयारी प्रक्रिया र अन्तर्राष्ट्रिय संयन्त्रसमक्ष यसको महत्वबारे जानकारी गराउँदै नागरिक समाजको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए। कार्यशालाबाट उठेका मुद्दा, तथ्य र सिफारिस लाई समेटेर तयार पारिने छायाँ प्रतिवेदन संयुक्त राष्ट्रसंघको सम्बन्धित निकायमा पेश गरिने जानकारी पनि दिइयो।

 

कार्यक्रममा अधिवक्ता विद्या चापागाईंले सामाजिक कुरीति, बालविवाह तथा भेदभावजन्य अभ्यासले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको कार्यान्वयनमा नकारात्मक असर पारेको बताइन्।

 

यस्तै राष्ट्रिय मानव अधिकार आयोग, मधेश प्रदेश कार्यालयका प्रमुख बुद्धनारायण साहनीले ESCR अधिकारको संरक्षण र प्रवर्द्धनका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय, पारदर्शिता र जवाफदेहिता आवश्यक रहेकोमा जोड दिए।

 

कार्यशालाको अन्त्यमा सहभागीहरूले ESCR अधिकारको प्रभावकारी कार्यान्वयनका लागि सरोकारवाला निकायबीच सहकार्य सुदृढ गर्नुपर्ने निष्कर्ष निकालेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..