श्रीहरि मानव कल्याण मञ्च द्वारा सीता रजक लाई सहयोग

3 घन्टा पहिले प्रकाशित

 

मोनु गुप्ता

जनकपुरधाम, पुस २ गते 

 

श्री हरि मानव कल्याण मञ्चले जीवन–मरण सँग संघर्ष गरिरहेकी रौतहट जिल्लाकी सीता रजक लाई राहत तथा आर्थिक सहयोग प्रदान गरेको छ।

 

मञ्चका अध्यक्ष दीपक श्रेष्ठ मण्डलको पहलमा सीता रजक लाई चामल, दाल, तेल, साबुन, सर्फ लगायत दैनिक उपभोग्य सामग्रीसहित केही नगद आर्थिक सहयोग उपलब्ध गराइएको हो। कमरमा लगाइएका चारवटा स्टिल मध्ये केही भाँचिएपछि उहाँ केही दिनदेखि गम्भीर पीडामा रहँदै आउनुभएको छ। साथै, उहाँको मुखबाट अत्यधिक रगत बग्ने समस्या पनि देखिएको मञ्चले जनाएको छ।

 

थप उपचारका लागि उहाँ भोलि काठमाडौँ जाने तयारीमा रहनुभएको छ। उपचारका लागि थप सहयोग आवश्यक रहेको भन्दै मञ्चले नागरिक समाज तथा नेपाल सरकार समक्ष सहयोगका लागि अपिल गरेको छ।

उपचार सहयोग गर्न चाहने सहयोगी हातहरूले ई–सेवा आईडी ९८१११८७५४१ मार्फत सिधै सीता लाई आर्थिक सहयोग गर्न सक्ने जनाइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  मोनु गुप्ता जनकपुरधाम, पुस २ गते    श्री हरि मानव कल्याण मञ्चले जीवन–मरण सँग संघर्ष गरिरहेकी रौतहट जिल्ला..

     सरोज मल्लिक  जनकपुरधाम, पुस १ गते    इन्सेकको आयोजनामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्ध..

राष्ट्रिय आवाज  धनुषा, २९ मंसिर – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, धनुषा जिल्ला समितिको जिल्ला स्तरीय विस..

  विशाल साह  ललितपुर, २९ मंसिर   खाद्य तथा कृषि संगठन (एफएओ) र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको संयुक्त आयो..

राष्ट्रिय आवाज जनकपुरधाम, २९ मंसिर ।   पोखरा भ्रमण वर्ष २०२५ तथा आउँदै गरेको २७औँ पोखरा सडक महोत्सवको प्रचार–..