दीपककुमार झा धनुषा–३ का क्षेत्रीय संयोजक चयन

8 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम, पुस ३ गते 

राष्ट्रिय मुक्ति पार्टी (रामुपा) का केन्द्रीय सदस्य दीपककुमार झालाई धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को क्षेत्रीय संयोजक चयन गरिएको छ। आज जनकपुरधाममा सम्पन्न क्षेत्रीय भेलाबाट उनलाई क्षेत्रीय सभापतिको जिम्मेवारीसमेत दिइएको हो।

 

पार्टीका धनुषा जिल्ला सचिव कृष्णकुमार साहको अध्यक्षतामा सम्पन्न भेलाले झालाई क्षेत्रीय संयोजक चयन गर्दै क्षेत्रीय कार्यसमिति विस्तार गर्ने जिम्मेवारी पनि प्रदान गरेको छ। आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै धनुषा–३ मा पार्टीको संगठन सुदृढ गर्न उनले प्रभावकारी भूमिका खेल्ने विश्वास पार्टीले लिएको छ।

 

धनुषा–३ क्षेत्रलाई राम्रोसँग बुझेका, जनतासँग नजिकको सम्बन्ध र लोकप्रियता रहेको मूल्याङ्कनका आधारमा पार्टीले उनलाई नेतृत्वको जिम्मेवारी दिएको जनाएको छ। झा यसअघि जिल्ला समन्वय समितिको उप–सभापतिसमेत रहिसकेका छन्।

 

नेता झालाई क्षेत्रीय संयोजक चयन गरिएपछि धनुषा–३ का स्थानीय नेता तथा कार्यकर्ताले पार्टीको निर्णयलाई स्वागत गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..